एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २ अक्टोबर । नेपाल पत्रकार महासंघ हङकङको आयोजनामा आइतवार ‘नेपाली भाषा’ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
‘समाचारको भाषा’ पुस्तकका लेखक अखण्ड भण्डारीले समाचार लेख्दा छोटो, छरितो र मिठो कसरी बनाउने भन्नेबारे बताए। भाषासम्बन्धी विभिन्न प्रयोग गर्ने सिलसिलामा ‘समाचारको भाषा’ पुस्तक तयार भएको उनले उल्लेख गरे।
कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुखसमेत रहेका भण्डारीले यहाँका पत्रकार, साहित्यकार तथा भाषाकर्मीहरुसंग आफ्ना अनुभव साटेका थिए। कान्तिपुरमा दैनिक हजारौं समाचार उत्पादन हुने र छनौट गर्दा निकै कठिनाई पर्ने उनले बताए। प्राप्त समाचारहरुमध्ये ३० प्रतिशतमात्र प्रकाशित हुने र बाँकी ७० प्रतिशत फ्याँकिनु पर्ने बताए। छनोट गर्दा समाचारको भाषालाई मुख्य आधार मान्ने उनले बताए। ‘समाचार प्रकाशित नहुंदा साथीभाइहरु बेखुशी हुन्छन्, तर यो हाम्रो वाध्यता हो’, उनले भने।
जोर्डनस्थित लिटल बड्स किण्डरगार्टनमा सम्पन्न गोष्ठीमा नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईले यहाँका नेपाली पत्रकारहरुलाई पत्रकारितासम्बन्धी थप प्रशिक्षित गराउन भण्डारीलाई निम्त्याएका बताए। यसअघि, कान्तिपुरकै फोटो पत्रकार विकाश रौनियारले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यशाला गोष्ठीको भिडियो झलकः
भिडियोः पशन तमू र जगतअम्बु गुरुङ | एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b