Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कतारमा लोक दोहोरीको घम्साघम्सी

भोला थापा क्षेत्री र गणेश बानिया /एचकेनेपाल डट कम-
दोहा–कतार, १ अक्टोबर ।

घर छोडेर हिडियो हतारमा ।
भेट भईयो यो दोहा कतारमा…… छिनको छिनैमा …भेट भो मायाँ के भनि बोलाउने पहिलो दिनैमा …

यो गीत मार्फत पहिलो चरणमा रहेका समूह चितवन युवा समाजका लिडर प्रेम परियारले प्रवासी मगर संघसंग गाएर खुल्ला नेपाली लोक गीत प्रतियोगिता २०१२ छनोट चरणको कार्यक्रमको घम्साघम्सी सुरु गरेका थिए। जब उनले तारे होटलमा यो लोक भाकामा गीत गाएका थिए दर्शकले पक्कै पनि नेपालमा कुनै कार्यक्रममा भएको आफ्नै लोक पारखी भाकाहरुको याद गरेका थिए।

सम्सरा थकाली भान्छा घरका प्रवन्ध निर्देशक हरि पुन तथा प्रकाश गुरुङ्गको व्यवस्थापनमा तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को आयोजना गरी छनौट कार्यक्रमहरु संचालन भईरहेको छ। गत सेप्टेम्बर २८ शुक्रवारका दिन दोहा स्थित गल्फ होराईजन होटलको सभा हलमा पहिलो छनौटमा बाँकि रहेका ४ टिम र दोस्रो चरण छनोटका कार्यक्रम सम्पन्न गरेका छन्।

तमू समाज कतारका अध्यक्ष तथा नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ का संयोजक बिमल गुरुङले संचालन गरेका कार्यक्रममा अतिथि नायिका सोभिता सिम्खडा, व्यवसायी निराजन भण्डारी, नेपाल पत्रकार महासंघ शाखा कतारका सचिव दिपक पुडासैनी तथा नेपालबाट आएका सञ्चारकर्मी नरेश भटराई, नायक गोविन्द शाही, गायक सुदिप शाीिलगायत कतारमा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो।

“संसार आफ्नै” नेपाली कथानाक चलचित्र को प्रदर्शनको लागि कतारमा आएका सञ्चारकर्मी नरेश भट्टराईले कतारमा आएर लोक दोहोरीको घम्साघाम्सी माहोल देख्दा निकै खुसी लागेको र नेपालीले जित्ने दिनहरु सुरुभएको बताए। नेपाली कला र संस्कृतिलाई निरन्तरता दिन आग्रह गर्दै २०१२ को दोहोरी कतारवाट सुरु भएर संसारभरि घुमोस् भन्दै उक्त कार्यक्रमलाई आफूले पनि प्रचार पसार गर्ने बताए। आयोजक टिमलगायत सम्पूर्णलाई धन्यवाद दिदै “संसार आफ्नै” चलचित्रलाई यहि अक्टुवर ५ शुक्रवारका दिन दोहाको गल्फ सिनेमा हलमा आई हेरिदिन समेत आग्रह गर ।

कार्यक्रममा निर्णायक मण्डलकी संयोजक देविका केसी गुरुङले कतारमा आफूले राम्रो कलाकारहरु भेटको र तपाईहरुको स्वरको नेपालमा धेरै खाँचो भएको बताएकी थिइन्। पहिलो चरणकोे छनोटलाई पारगरि दोस्रो चरणमा प्रवेश गर्ने समूहहरुलाई शुभकामना दिदै छनोटमा चरणमा असफल हुने समूहहरुलाई मन नदुखाउन र कुनै कुरामा निरास नभई लोक दोहोरीलाई निरन्तरता दिन समेत आग्रह गरेकी थिईन्।

पहिलो चरणमा प्रतिस्पर्धाका लागि बांकी रहेका ४ टिमहरुमा चितवन युवा समाज र प्रवासी मगर संघ साथै तमू समाज (बि) र बिष्णु भक्त जिसीको टिम बिच प्रतिस्पर्धा भएको थियो। अत्यन्तै प्रतिस्पर्धाका बिच २४ समूहमध्ये १९ समुह दोश्रो चरणको छनोट चरणमा पुग्न सफल भएका थिए भने वाग्लुङ सामाजिक समाज वाई परि सिधै तेश्रो चरणमा पुग्न सफल भएको थियो। तेश्रो तथा अन्तिम चरणको छनौट कार्यक्रम आगामी अक्टोबर ५ तारिख शुक्रबार दिन हुनेछ । सो चरणबाट छनौट गरी अंकको आधारमा उत्कृष्ठ चार समूहलाई ग्राण्ड फिनालेमा प्रवेश गराईनेछ।

निर्णायक मण्डलका संयोजक तथा बरिष्ट लोक गायिका देविका के.सी गुरुङका अनुसार ग्राण्ड फिनालेको निर्णायक मण्डलमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा लोक गायक दुर्गा रायमाझी पनि रहने छन्। त्यसै गरी चर्चित लोक गायिकाहरु राधिका हमाल र देविका घर्ति मगरले आफ्नो प्रस्तुतिका साथ ग्राण्ड फिनालेमा पुग्ने चार प्रतियोगिहरुसंग दोहोरी गाउने छन । त्यसका साथै कार्यक्रमलाई अझ मनोरन्जनात्मक बनाउन चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढो) पनि कतार आउने भएको कुरा आयोजकले जनाएको छ।

आयोजकका अनुसार ग्राण्ड फिनाले कार्यक्रम मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईल अल अधाको पहिलो दिन हुनेछ। सोही दिन उत्कृष्ट लोक दोहोरी समूह कतारको घोषणा गरिने छ। प्रतियोगितामा प्रथम हुनेलाई कतारी रियाल २ हजार ५ सय र ट्रफि, द्वितीय हुनेलाई कतारी रियाल १ हजार ५ सय र ट्रफि, तृतीय हुनेलाई कतारी रियाल १ हजार र ट्रफि र चौथो हुने समूहलाई आर्कषक सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ।

दोहोरी कार्यक्रममा निर्णायक मण्डलमा संयोजकमा गायिका देविका केसी गुरुङ, रविन शेरेचन र सन्तोष गुरुङ रहेका थिए भने पर्यवेक्षकमा कमलमणि गुराँगाई, राजेश दर्शन अर्याल र विनेश तामांग रहेका थिए। बिष्णु भट्टराई, इश्वर गान्धारी, श्याम थापा, बविन राई तथा अमर रोका “बिज्ञान”ले कार्यक्रम भरी वाद्यवादनमा साथ दिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by