Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दुबईमा भूमिपुत्र

निमकान्त पाण्डे र बालकुमार राई /एचकेनेपाल डट कम-
दुबई युएई, १५ असोज । किराँत राई यायोक्खा यूएईको चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनमा किराँतीहरुको जमातबाट यूएईमा भूमिपूत्र नामक ब्यान्डको विधिवत उद्घाटन गरिएको छ।

यूएईमा रहेका नेपाली उत्साहित यूवाहरुले बिभिन्न लोक–भाका, पप–आधुनिक एवंम जागृति गीतहरु गाउदै अघि बढ्ने र बढाउने उद्धेश्यले ब्याण्ड स्थापना गरिएको जनाएको छ।

प्रवासमा श्रम तथा रोजगार गरिरहेका नेपाली किराँतीहरुलाई एेक्यबद्धता गराउने मुख्य उद्धेश्य रहेको सो अधिबेशन औपचारिक रुपमा सम्पन्न गरिएको थियो। कार्यक्रमका सभापति कटक राई रहेका थिए।

अधिवेशन बन्दसत्र, साँस्कृतिक मानोरञ्जन र नयाँ कार्य समितिको चयन गरी ३ चरणमा सम्पन्न भएको थियो। कार्यक्रम भूमिपुत्र ब्याण्डले भरपूर मनोरञ्जन गराएका थिए। ब्याण्डमा सात जनाको सक्रिय भूमिका रहेको छ। ब्याण्डमा शिशिर परियार, दिनेश माझी, बादिराज राई, दीप सुब्बा, आशिष राई, दिपराज नेवहाङ्ग लिम्बु र उमेश राई छन्।

अधिबेशनमा किराँत राई यायोक्खा यूएईको नव कार्यसमितिको समेत चयन गरिएको थियो। कार्यसमितिमा उमेश राई अध्यक्ष, राजु राई, महेन्द्र राई र आशिष राई ३ उपाध्यक्ष, मुम्चे राई “बिद्रोही साईला” महा–सचिब, बाल कुमार राई “विक्की” सचिब, पुष्पा राई कोषाध्यक्ष, प्रभा राई सह–कोषाध्यक्ष,ओबेग राई प्रवक्ता, भाईकुमार राई केन्द्रिय सदस्य साथै सुबास संगम राई, द कैलाश राई, कबिता थुलुङ्ग राई, कुमार राई, मोहन राई, बि.आर. राई गरि जम्मा १६ जना पदाधिकारी छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by