Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

भारतीय सवारी साधन कब्जा गर्छौः सचिव गुरुङ

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, १५ असोज । नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले ग्याँस र मेडिकल सामान बोकेका बाहेक सबै भारतीय नम्बर प्लेट भएका सवारी साधनहरु आफ्नो पार्टीले नियन्त्रणमा लिने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाल र भारतको १० किलोमिटर वर पर गर्न पाउने दुई मुलुकवीच सम्झौता भएकोले सिमा वारिपारि गर्ने भारतीय सवारी साधनलाई भने नरोक्ने बताए।

साक्षात्कारमा गुरुङले भने–चिनियाँ सिमानामै चिनियाँ सवारी साधनले सामान अनलोड गर्दा हुने तर भारतीय सवारी साधन चाँही नेपालनै आउनु पर्ने यो कस्तो प्रचलन? उनले आफूहरुले राष्ट्रियता जागरण गराउने उद्धेश्यले सांकेतिक रुपमा यस्तो आन्दोलन सुरु गरेको जानकारी दिदै आफुहरुको साँकेतिक विरोधलाई सरकारले बेवस्ता गरे यसले भिषण रुप लिने चेतावनी दिए।

गुरुङले भने–सरकारले रेस्पोन्स गरेको छैन। पेलेर नै अगाडि बढ्ने सोचेको हो भने यो विवाद टुङ्गिदैन अझै बढेर जान्छ। हामी कुनै पनि हालतमा छाड्ने पक्षमा छैनौं।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by