Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पहिरोभित्र ५ सवारीः ४ को शव फेला

एचकेनेपाल डट कम संवाददाता-
इलाम, १५ असोज । पहिरोभित्र पाँच सवारी पुरिंदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। मेची राजमार्गको हर्कटे-हाँसपोखरी खण्डमा पहिरो जाँदा गएराति ती सवारीहरु पुरिएका थिए।

पहिरोमा वेपत्ता भएकामध्ये पिक्कलका शरण प्रधानको शव सोमवार विहान फेला परेका हो। त्यसैगरी, एक महिलासहित ३ को शव फेला परेपनि सनाखत भएको छैन।

पहिरोमा अझै १० जना बेपत्ता भएको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। बेपत्तामध्ये केही भारतीय नागरिक रहेको जनाइएको छ।

नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्। पहिरोले मेची राजमार्ग आइतबार रातिदेखि नै अबरुद्ध छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by