Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लोक दोहोरी गायकगायिका युएइमा सम्मनित

निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
दुबई, दुबईको याक एन्ड यती रेस्टुरेण्टमा आयोजित एक कार्यक्रमका बिच नेपालबाट आउनुभएका ख्यातिप्राप्त लोकदोहोरी गायिका मुना थापा मगर,लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्सा घुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई गोरखा सेवा समाज युएईले सम्मान गरेको छ।

सम्मान कार्यक्रममा याक एण्ड यती दोहोरी सांझमा सहभागी गोरखाली कलाकारहरु संजय गुरुग,प्रेम गुरुङ,सम्झना गुरुङ,भिम परियारलाई पनि सम्मान गरिएको थियो। सोही दोहोरी सांझमा सहभागी रसुवाकी पार्वती गुरुङ,कैलालीका दिपक अधिकारि र अर्घखाचिका बिष्णु भाटलाई पनि सम्मान गरिएको थियो।

गोरखा समाज युएईका अध्यक्ष सुरेश ढकालको सभापितित्वमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा लोक दोहारी गायक गायिका दिप सागर थापा मगर, मुना थापा मगर, नेपाली जनप्रगतिशील मंच युएईका अध्यक्ष तथा गोरखा समाज युएईका सल्लाहाकार उत्तम अधिकारी र नेपाली समाज युएईका प्रार्साद अध्यक्ष तुलसी तामाङ रहनुभएको थियो।

समाजका सल्लाहकार महा प्रसाद धितालले उपस्थित एवं अतिथि सम्पूर्ण गोरखाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत् गर्नु भएको थियो। कार्यक्रमको संचालान समाजका सचिब प्रकाश बानियाले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै अतिथि तुलसी तामाङले गोरखा सेवा समाज युएई गठन भएको छोटो समयमा नै यसरी कलाकारहरुलाई सम्मान गरेकोमा समाजको खुलेर प्रशंसा गर्नुभएको थीयो। यसै गरी शुभकामना दिने क्रममा समाजका सल्लाहकार दिपक बोहोराले सम्पूर्ण कलाकारहरुको आगामी सांगीतिक यात्राले सगरमाथाको शिरचुम्न सफल होस् भन्ने शुभकामना दिनु भएको थियो। अतिथि एवं बरिष्ठ समाजसेबी उत्तम अधिकारीले सम्पूर्ण गायक गायिकाहरुको उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको थियो।

अतिथि कलाकारहरुले प्रबासमा यसरी सम्मानित हुन पाउदा ज्यादै खुसिलागेको र यस क्षेत्रमा अघि बढ्नका लागि निकै हौसला मिलेको बताए। आफ्नो कला र गलाको माध्यमबाट नेपाली कला सस्कृतिको संरक्षण गर्दै आफ्नो जिल्लामा मात्रै नभई स्वदेश तथा बिदेशमा पनि आफूलाई एक सफल कलाकारको पहिचान दिन सफल हुनुभएकोमा योगदान र क्षमताको कदर तथा उज्याल भविष्यको कामना गर्दै सम्पूर्ण गायक तथा गायिकाहरुलाई समाजका सल्लाहकार उत्तम अधिकारीले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने समाजका अध्यक्ष सुरेस ढकालले प्रशंसा पत्र दिएर सम्मान गर्नु भएको थियो।

क्रार्यक्रममा बोल्दै समाजका अध्यक्ष एंब कार्यक्रमका सभापित सुरेश ढकालले सांगीतिक यात्राबाट आफ्नो जिल्लालाई स्वदेश तथा बिदेशमा चिनाउन सफल हुनु भएकोमा धरै धरै धन्यबाद दिदै कलाकारहरु राष्ट्रका गहना भएकोले गोरखा समाज युएई यस्ता कलाकारहरुलाई सदैब सक्दो सहयोग र सम्मान गरिरहने बताउनु भयो। यसरी राष्ट्रका गहना कलाकारहरुलाई सम्मान गर्न पाउदा आफूलगायत गोरखा सेवा समाज युएई परिवार निकै खुसी भएको बताउनुभएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by