धरानमा फेशन ट्रेण्डस-२०१२
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १३ असोज । लामो समयपछि धरानमा फेशन शो कार्यक्रमले निरन्तरता पाउन थालेको छ। कार्यक्रमहरुमा डान्स पार्टीलाई मात्र प्रमुखता दिइँदै आएकोमा अब फेशन शोले पनि प्राथमिकता पाउन थालेको छ।
डेढ दशकअघि धरानमा भव्यरुपले आयोजित ‘समर–९७’ बाट शुरु भएको फेशन शोको ग्ल्यामरको लहरले त्यसबेला पूरै पूर्वाञ्चललाई ‘ग्ल्यामरस’ बनाएको थियो। त्यसपछिका ५÷६ वर्षसम्म यस्ता कार्यक्रमले निरन्तरता पाए पनि माओवादी द्वन्द्वको प्रभावले फेशन शो, सौन्दर्य प्रतियोगिताहरु घट्न थालेका थिए। द्वन्द्वकालले पूर्वको मात्र नभएर नेपालभरकै फेशन उद्योगलाई गहिरो प्रभाव पारेको समर–९७ का आयोजक तथा चर्चित फेशन डिजाइनर उत्तम बनेपाली बताउँछन् ।
मिस वल्र्ड नेपाल २०१२ सृष्टि श्रेष्ठले लगाएको आफ्नो डिजाइनको साडी जाँच गर्दै फेसन डिजाइनर उत्तम बनेपाली।
पूर्वेली फेशन उद्योगलाई त्यसबेला धरानले प्रतिनिधित्व गरेको थियो, जसको श्रेय डिजाइनर बनेपालीलाई नै जान्छ। पाँच वर्षयता आप्mनो जन्मथलो धरान छाडेर काठमाडौं छिरेका बनेपाली एक दशक लामो अन्तरालपछि आगामी असोज २७ गते शनिबार साँझ धरानको निर्वाणा कन्ट्री क्लबमा आयोजना हुने ‘सिग्राम्स रोयल स्टाग फेशन ट्रेण्डस–२०१२’ मा आप्mनो नयाँ डिजाइनहरु प्रस्तुत गर्दैछन्।
फेशन ट्रेन्डस थिमअन्तर्गत ट्रेडिसनल, टच अफ नेपाल, ककटेल वेयर, पार्टी गाउन, क्याजुअल कुर्ता, फर्मल कुर्ता, ट्रेडिसनल साडीलगायतको नयाँ क्रिएसनहरुमा स्थानीय मोडलहरुसँगै चर्चित सेलिब्रेटीहरु समेत ¥याम्प नाप्न धरान आउँदैछन्। बनेपालीको नयाँ क्रिएसनमा सिस्नो, केरा, गाँजाबाट बनेका अग्र्यानिक ड्रेस पनि टच अफ नेपाल थिम अन्तर्गत परेका छन्।
बनेपालीको डिजाइनमा ¥याम्प नाप्न पहिलो मिस नेपाल रुवी राणा, मिस वल्र्ड नेपाल–२०१० सदीक्षा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल–२०११ सरिना मास्केसँगै मिस वल्र्ड नेपाल–२०१२ सृष्टी श्रेष्ठसमेत धरान आउँदैछिन्।
यस्तै चर्चित मोडल तथा नायिका नम्रता श्रेष्ठ, चर्चित मोडल हेमा श्रेष्ठ, मोडल तथा नायिका रीमा विश्वकर्मा, गायिका तथा नायिका विष्णु चेम्जोङ र चर्चित नायक जीवन लुइटेल, चर्चित हेयर डिजाइनर नील डेभिड कटुवाल, मोडल रोशन श्रेष्ठ ¥याम्पमा उत्रँदैछन्।
¥याम्पमा मिस पूर्वाञ्चल–२०११ प्रतिभा श्रेष्ठ, मिस पूर्वाञ्चल–२०१२ अस्मिता गुरुङ, मिस पूर्वाञ्चल– २०१२ फस्ट रनर अप सन्दिपा लिम्बू, मिस लिम्बू फस्ट रनर–अप डा. एलिसा वनेम लिम्बूहरु स्थानीय मोडलहरु प्रियारानी लामाको कोरियोग्राफीमा ¥याम्पमा हिँड्नेछन्।
यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नरेन्द्र भट्ट, डा. नीशा भट्ट, डा. मोहनचन्द्र रेग्मी, डा. मनोज श्रीवास्तव, डा. एलिन सुन्दास, डा. तरुण प्रधानलगायतका बरिष्ठ चिकित्सकहरु समेत फेशन ट्रेण्डस्को ¥याम्पमा पहिलो पटक उत्रँदैछन्। कार्यक्रममा नवराम राई, मौसमी गुरुङ, विष्णु चेम्जोङ र परदेश लिम्बूको साँगीतिक प्रस्तुतीसमेत हुनेछ।
धरान–८ सिद्धार्थ मार्गस्थित ल्याबोरेटरी उच्च माविको लागि आर्थिक सहयोग जुटाउन म्याट्रिक्स इनर्जी डिङ्कको सहभागिता तथा रोयल स्टागको प्रायोजनमा सिल्भर इन्टरटेण्टमेण्ट र हाइट इभेन्टको आयोजनामा सिग्राम्स रोयल स्टाग फेशन ट्रेण्डस–२०१२ हुन लागेको हो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b