जेबी शेर्पा / एचकेनेपाल डट कम-
बेल्जियम, शेर्पाहरुको महान चाड डुकलो २१३९ लोसारको अवसरमा शेर्पा किदुग बेल्जियमले लप्सो बेल्जियमको रमणीय हुईस्थित बुद्ध मन्दिरमा गत आइतवार भव्यताका साथ साथ गरेको छ।
पवित्र लोसारको पूर्वागमनमा सम्पूर्ण प्राणी जगतको कल्याणको कामना गर्दै मनाइने उक्त पूजाअर्चना कार्यक्रममा बेल्जियमका नेपालीहरुकासाथै स्थानीय बेल्जियन तथा अन्य देशका नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
लप्सो कार्यक्रममा बेलायत, स्पेन र जर्मनीका शेर्पा संघ संस्थाहरुका आमन्त्रित पदाधिकारी तथा प्रतिनिधिहरु पनि सहभागी थिए।
लप्सोमा विशेष गरि आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको धुरी, आँगन तथा डाँडाहरुमा गएर घरका सबै परिवारको सुख शान्तिको कामनासहित सम्पूर्ण मानव तथा प्राणी जगतको दीर्घायु सुस्वास्थ्यको र कल्याणको कामना गर्दै नयाँ ध्वजा (लुङ्दार) टाग्ने गरिन्छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस