Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सीता एयरको विमान दुर्घटनाः १९को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १२ असोज । सीता एयरको नाइन एन एएचए डोर्नियर विमान शुक्रवार विहान त्रिभुवन विमानस्थल नजिक लोकन्थलीमा दुर्घटना हुंदा चालकदलका सदस्यसहित १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ६ नेपाली र १३ विदेशी छन्।


मनोहर खोला नजिकै दुर्घटनाग्रष्त विमानमा आगो लाग्दै। तस्विर सौजन्यः विनिता दाहाल /नागरिक

काठमाडौंबाट ६ बजेर १५ मिनेटमा सोलुको लुक्लाका लागि उडेको विमान २ मिनेटभित्रै दुर्घटना भएको थियो। आकाशमै आगो लागेपछि आपतकालीन अवतरणको क्रममा विमान लोकन्थली मनोहरा खोलामा झरेको जनाइएको छ।

आगोले यात्रुको शव जलेका कारण चिन्न सकिने अवस्थामा छैन। आगोलागीबाट विमानको पुच्छरबाहेक सबै भाग सम्पूर्ण रुपमा जलेको छ।

विमानचालक विजय तन्डुलकरले टावरसंग विमान फर्काउनको लागेका खबर दिए लगत्तै दुर्घटना भएको थियो। चालक दलहको सदस्यहरुमा चालक तन्डुलकरसहित को-चालक टकाशी थापा र एयर होस्टेज रोशा शाक्य थिए। अन्य यात्रुहरुको परिचय खुल्न बाँकी रहेको छ।

विमान दुर्घटनापछि घटनास्थल पुगेको पुगेको दमकल, सेना, प्रहरीलाई आगो निभाउन ४० मिनेट लागेको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by