Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

शनिवार राजधानीमा राष्ट्रिय साँस्कृतिक महोत्वस हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ असोज । नेपाली साँस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धनको उदेश्यले शनिवार राजधानीमा मुलुकका चर्चित कलाकार, गायकहरुको उपस्थितिमा बृहत राष्ट्रिय साँस्कृतिक महोत्वस आयोजना हुने भएको छ।

शान्ति सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रायोजनमा राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा हुने महोत्वसवमा नेपालमा लोप हुन लागेका परम्परागत कला र सँस्कृतिदेखि आधुनिक कला र सँस्कृतिलाई प्रस्तुत गरिने विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिए।

नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले शनिवार दिउसो ३ बजे राजधानीको राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने महोत्वसवमा नेपाली सिनेमाका सुपरस्टार भुवन केसी, गायिका अन्जु पन्त, लोकदोहोरी गायक बद्री पंगेनी, नवराज घोरासैनी, राजकुमार कार्की, राधिका हमाल, मन्जु गौतम, समिता केसी हास्य कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरेसहित अन्य ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने छ।

संयोजक कार्कीले नेपाली कला र सस्कृतिको जर्गेना गर्दै नेपाली कलाकार र दर्शक विचको सम्बन्ध सुमधुर बनाउन काठमाडौबाट सुरु गरिएको यात्रालाई देशभरी पुर्याउने योजना रहेको बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by