Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बन्दीगृहलाई विद्यालय बनाउनु पर्छः मन्त्री न्यौपाने

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, ११ असोज । महिला बालबालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेले बन्दी गृहलाई विद्यालयमा परिणत गर्नु पर्ने बताएका छन्।

बन्दी सरोकार एवं सहयोग केन्द्र नेपाल नामक संस्थाको उद्घाटन गर्दै राजधानीमा मन्त्री न्यौपानेले ब्यक्ति र ब्यक्तित्वमा ज्ञानले सुधार आउने भएकोले कारागार भन्दा पनि विद्यालय खोल्न सके समाज अपराधरहित हुने विश्वास ब्यक्त गरे।

थुनेर मानिसमा रुपान्तरण आउने सम्भावन कम भएकोले उसलाई अपराध कर्म बोध गराउन सके अपराध न्यूनीकरण हुने भन्दै आफू बन्दी जीवनको विपक्षमा रहेको बताए। उनले जेल जीवन विताएका ब्यक्तित्वहरुले अहिले मुलुकको शासन सत्ता सम्हालि रहेको र उच्च नेतृत्वमा रहे पनि उनीहरुले आफ्नो बसाई विर्सिदा कारागार नर्क बनेको भन्दै जेलमा शिक्षा, स्वास्थ्य लगायतका ब्यवस्था गरेर कारागारलाई नर्क भन्दा पनि ब्यक्तित्व विकासको मार्ग बनाउनु पर्ने धारणा राखे। उनले उच्चस्तरीय कारागार सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गराउन आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दै त्यसका लागि अहिलेको सरकार गम्भीर रहेको बताए।

सबैभन्दा बढी जेल जीवन विताएका मोहन चन्द्र अधिकारीले जेलले नेतृत्व जन्माए पनि जेलले पुनःजन्म पाउन नसकेको गुनासो गरे। उनले जेललाई नर्क भन्दा पनि शिक्षा, स्वास्थ्य सहित आधारभूत मानवअधिकारको प्रत्याभूत गरेर सुधार गृहको रुपमा बिकास गर्नु पर्ने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by