Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रधानमन्त्रीको विकल्प खोज्न तयारः उपप्रधान तथा गृहमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ फागुन । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङगो नलागी सरकार परिवर्तन नहुने दावी गरेका छन्।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएर संघीय लोकतान्त्रिक संविधान जेठ १४ गतेभित्रै जारी गर्न दलहरुलाई दवाव दिने उद्धेश्यका साथ रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत ज्ञापन पत्र बुझ्दै मन्त्री गच्छदारले सरकार परिवर्तन गर्नुअघि नेतृत्वको विषयमा टुङगो नलगाई शान्ति र संविधान धरापमा पर्ने चेतावनी दिए।

गच्छदारले अहिलेकै सरकारलाई राष्ट्रिय सरकारमा रुपान्तरण गर्नु सबैभन्दा उपयूक्त भए पनि सहमतिको सरकारको लागि आफूहरु प्रधानमन्त्री डा बाबुराम भट्टराईको विकल्प खोज्न समेत तयार रहेको बताए। उनले भने-ठूलो दलको नाताले प्रचण्डजीले सहमतिको सरकारको नेतृत्व गर्न सक्नु हुन्छ। काग्रेसको नेतृत्वमा पनि सहमति बन्न सक्छ। दलहरुले चाहे मधेसी मोर्चाले पनि सरकारको नेतृत्व गर्न सक्छ। तर हाम्रो दावी छैन। एमालेको त दावी नै लाग्दैन।

गृहमन्त्री गच्छदारले आफू राष्ट्रिय सहमतिको लागि लागी परेको भन्दै केही दिनमै सहमतिको सरकार बन्न सक्ने विश्वास ब्यक्त गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by