Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नाटक शिरोमणी समले प्रयोग गरेको ऐतिहासिक सम्पत्ति संकटमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० असोज । नाटक शिरोमणी बालकृष्ण समले प्रयोग गरेका भावी पुस्ताको लागि संरक्षण गर्नु पर्ने ऐतिहासिक महत्वका सम्पत्ति नष्ट हुने संघारमा पुगेका छन्।

सम बसेको १ सय २७ वर्ष पुरानो ज्ञानेश्वरमा रहेको घर र उनले प्रयोग गरेका सामाग्रीहरु संरक्षित घर उनकै भाई कर्ण समशेरले दिएको काम गर्ने हेमन्त गुरुङले भत्काउन सुरु गरेपछि संकटमा परेको समकी भान्जी डिलाईट सिंहले गुनासो गरिन्।

समको परिवारले काम गर्न राखेका सोही क्षेत्रको १० आना ८ दाम जग्गासमेत दिएका गुरुङलाई र बाँकी जग्गा आफूहरुको नाममा रहेको अवस्थामा आफूले सम जस्तो ऐतिहासिक ब्यक्तित्वले प्रयोग गरेको र सय वर्ष नाघेको घर संरक्षण गरिनु पर्छ भनेर सम्बन्धित निकायमा धाउँदा समेत कसैले वास्ता नगर्दा गुरुङले एकलौटी रुपमा भत्काउन सुरु गरेका हुन्।

सो घरलाई नीजि संरक्षित घरको संज्ञा दिदै पुरातत्व विभागले २०६८ मंसिर २२ गते पत्र लेखेर समको सो घरलाई संरक्षित भनेकोमा अहिले आएर निजी विवाद भन्दै पन्छिएकोले धरोहर नष्ट हुने संघारमा पुगेको सिंहले बताईन्। त्यस्तै सो विषयमा अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा एकलौटी घर भत्काएर अदालतको मानहानी गरेको अवस्थामा समेत सम्बन्धीत निकाय चुप लाग्नु रहस्यमय भएको उनले बताईन्।

सिहले जग्गाको स्वामित्वमा दावी नगरी केवल ऐतिहासिक सम्पदालाई संरक्षण गर्नु पर्छ भन्ने मात्रै भएको स्पष्ट पारिन्। सिंहकी कानून ब्यवसायी ईश्वरी दाहालले आफूहरुको पटक पटकको प्रयत्नलाई पनि प्रहरी, प्रशासन, पुरातत्व विभाग सबैले बेवास्ता गरेको भन्दै उनीहरु आर्थिक प्रलोभनमा परेको आरोप लगाईन्। उनले साउन २२ गते घर नभत्काउनु भनि पुरातत्व विभागले लेखेको पत्र समेतको बेवास्ता गरी घर भत्काउँद समेत सम्बन्धीत निकाय मौन रहेको गुनासो गरिन्।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत श्याम सुन्दर राजबंशीले एक सय वर्ष अघिको घर भए पनि आफूहरुले पुरानो मोडलको भएको अनुमानमा संरक्षित भने पनि पछि क्षेत्रगत अवलोकन गर्दै त्यस्तो नपाईएकोले यसलाई संरक्षण गर्न नसक्ने बताए। उनले नीजि विवाद भएकोले त्यसमा पुरातत्व विभागको कुनै हस्तक्षेप नहुने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by