Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरा विमानस्थल ठप्प

माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, ८ असोज। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाब अभियान अन्र्तगत मंगलवार विहान साढे ८ बजेदेखि १२ बजेसम्म सबै हवाई उडानसहित विमानस्थल ठप्प पारे। पोखरेलीहरुले पोखरा विमानस्थलका दुवै गेटमा धर्ना दिदै ठप्प पारेका हुन्।

साढे आठ बजेपछि पनि उडान भरेको भन्दै आन्दोलनकारीले यति एयरलाइन्सको सिटी अफिसमा सामान्य तोडफोडसमेत गरेका छन्। तोफोडबाट अफिसमा समान्य क्षति पुगेको छ।

आन्दोलनका कारण पोखरा विमानस्थल ठप्प पारेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। यसअवधिमा पोखरा विमानस्थलमा कुनै पनि उडान भएनन् भने अवतरण पनि भएन। सरोकार समितिले असोज १५ गतेसम्म उडान ठप्प पार्ने कार्यक्रममा हवाई टिकट नबेच्न र उडान नगर्न ट्राभल एजेन्सी र हवाई कम्पनीहरुसँग आग्रह गरेको छ।

नागरिक दबाव अन्र्तगत पोखरा विमानस्थल अगाडिको रिले अनसन र धर्ना कार्यक्रम मंगलवार पनि जारी छ। मंगलबार बिहान ८ बजेदेखि राति आठ बजेसम्म भारतीय भूपू सैनिक संगठनका पदाधिकारी, सदस्य लगायत अनसनमा बसेका छन्।

यसबीच विमानस्थल निर्माणमा दवाब दिन असोज १६ गते सिंहदरबार घेराउ गरिने भएको छ। सरोकार समितिका अनुसार करीव ५ सय सवारी साधनले सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिएको हो। घेराउ कार्यक्रममा काठमाडौ जानेको लागि सरोकार समितिले अनुरोध गर्दै नाम दर्ताको लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

समितिका संयोजक कृष्णमोहन श्रेष्ठले सम्भव भए आफूसँग भएको सवारी सधानसहित घेराउ कार्यक्रममा सहभागि भईदिन सम्पूर्ण पोखरेलीलाई अनुरोध गरेका छन्। सवारी सधान नहुनेलाई सरोकार समितिले नै व्यवस्था गर्नेछ। बस, मिनीबस, भ्यान, कार, मोटरसाइकल लगायतका सवारी साधानले सिहंदरबार घेराउ गरी सरकारलाई पोखरा विमानस्थल निर्माणको लागि निर्णय गर्नको लागि दवाब दिन लागिएको आन्दोलन कार्यक्रम निर्धारण समितिका सदस्य आनन्दराज मुल्मीले जानकारी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by