Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ग्याङ फाइटमा मारिएका नेपाली युवक

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २५ सेप्टेम्बर । युन लोङको नाम पिन वाइमा आइतवार राति ग्याङ फाइटमा मारिएका युवकको नाम र तस्विर सार्वजनिक भएको छ।

दुई नेपाली समूहबीच राति करीव पौने १० बजेतिर झडप भएको थियो। घाँटी र छातिमा गहिरो चोट लागेर गम्भीर घाइते भएका नेपालमा गुल्मी घर भएका १९ वर्षीय थापाको अस्पताल लगेको एक घण्टापछि मृत्यु भएको थियो।


एप्पल डेलीमा प्रकाशित अनुप थापाको फाइल तस्विर

दुई पक्षबीच भएको भिडन्तमा अरु दुईजना युवक पनि घाइते भएका छन्। उनीहरुको चुन मुन अस्पतालमा उपचार भइरहेको जनाईएको छ। उनीहरुको नाम सार्वजनिक नगरिए पनि एक जना २० वर्षीय मगर र अर्को २५ वर्षीय गुरुङ रहेको एप्पल डेलीले जनाएको छ।

पारिवारिक स्रोतको भनाई उदृत गर्दै एप्पल डेलीले लेखेको छ- अनुप नेपाल गएर करीव ३ महिनाअघि मात्र हङकङ आएका थिए। उनी आफ्ना परिवारसंग युके (बेलायत) जाने तयारी गर्दै थिए।

समाचार स्रोतका अनुसार करीव २० जना साथीहरुसंग बास्केट बल कोर्टमा रहेका बेला अर्को समूहले एक्कासी अनुपलगायत उनका साथीहरुमाथि आक्रमण गरेका थिए।

छोरा गुमाएपछि शोकमा डुबेका अनुपका बुबा (भूईंमा बसेको)

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २० देखि २५ वर्षसम्मका ५ जना युवकहरुलाई पक्राउ गरेको छ।

प्रहरीले हत्या र आक्रमणमा प्रयोग भएका छुरा, घन, कैची, सीसाका फुटेका बोटलहरु तथा फलामका रडहरु बरामद गरेको जनाईएको छ। त्यसै गरी, प्रहरीले घटनास्थलमा जडान गरिएको सीसीटिभी फुटेजको अध्ययन गरिरहेको जनाइएको छ।

हत्यामा प्रयोग भएका हतियार लगिदै साधा पोशाकका प्रहरीहरु।

यो पनि पढ्नुहोस्: ग्याङ्ग फाइटमा एक नेपालीको मृत्यु

>>> घटनाबारे थप जानकारी भए तलको कमेण्ट बक्समा शेयर गर्नुहोला।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by