Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

न्यूयोर्क, दुवई र नेपालका चर्चित कलाकारहरु कोरिया आउदै

सुरज गुरुङ /एचकेनेपाल डट कम-
नेपाल बौद्ध परिवारले आगामी अक्टोबर १ तारिख छुसकको तेश्रो दिन आयोजना गर्न गईरहेको ‘बुद्ध नेपाल सांगीतिक सौगात भाग-६’ का कलाकारहरु यहि सेप्टेम्बर २९ तारिख कोरिया आईपुग्ने भएको छ।

तीन देशबाट आउदै गरेको कलाकारहरुको जम्काभेट उक्त दिन उपस्थित दर्शकहरु माझ दो ङदेमुनको पुजा रेष्टुरेण्ट, लक्ष्मी मार्ट र हिमालयन रेष्टुरेण्ट पछाडीको जो ङरो कुमिन ह्येग्वानको हलमा हुने परिवारले जानकारी गराएको छ।

गत आईतावार बसेको नेपाल बौद्ध परिवारको बैठकपछि दिएको जानकारी अनुसार पप गायक राजु लामा अमेरिकाको न्यूयोर्कबाट, दुवईका एक कार्यक्रम चर्चित उदघोषिका समेत रहेकी लोक दोहोरी गायिका संगीता थापा मगर दुवईबाट र चर्चित लोक दोहोरी गायक रामजी खाँड नेपालबाट आउने परिवारका अध्यक्ष ईश्वर गुरुङले बताए।

बैठकले बुद्ध नेपाल सांगीतिक सौगात भाग ६ लाई मर्यादित तथा सु–व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न विभागिय व्यवस्थापन समितिहरु पनि गठन गरेको कुरा सचिव प्रितम गुरुङले जानकारी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by