Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरेलीले सिंहदरबार घेराउ गर्ने

माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, ८ असोज। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाब अभियान अन्र्तगत असोज १६ गते सिंहदरबार घेराउ गरिने भएको छ।

सरोकार समितिका अनुसार करीव ५ सय सवारी साधनले सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरिएको हो। घेराउ कार्यक्रममा काठमाडौ जानेको लागि सरोकार समितिले अनुरोध गर्दै नाम दर्ताको लागि सम्पर्क गर्न अनुरोध गरेको छ।


फाइल तस्विरः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम

समितिका संयोजक कृष्णमोहन श्रेष्ठले सम्भव भए आफूसँग भएको सवारी सधानसहित घेराउ कार्यक्रममा सहभागि भईदिन सम्पूर्ण पोखरेलीलाई अनुरोध गरेका छन्। सवारी सधान नहुनेलाई सरोकार समितिले नै व्यवस्था गर्नेछ।

बस, मिनीबस, भ्यान, कार, मोटरसाइकल लगायतका सवारी साधानले सिहंदरबार घेराउ गरी सरकारलाई पोखरा विमानस्थल निर्माणको लागि निणर््ाय गर्न दवाब दिन यस्तो कार्यक्रम गर्न लागिएको आन्दोलन कार्यक्रम निर्धारण समितिका सदस्य आनन्दराज मुल्मीले जानकारी दिए।

समितिले असोज ९ गतेदेखि १५ गतेसम्म विहान साढे ८ बजेदेखि १२ बजेसम्म सबै हवाई उडानसहित विमानस्थल ठप्प पारिने कार्यक्रम तय गरेको छ। सरोकार समितिले घोषित आन्दोलनका दिनहरुमा हवाई टिकट नबेच्न र उडान नगर्न ट्राभल एजेन्सी र हवाई कम्पनीहरुसँग आग्रह गरेको छ।

नागरिक दबाव अन्र्तगत पोखरा विमानस्थल अगाडिको रिले अनसन र धर्ना कार्यक्रम सोमबार पनि जारी छ। सोमबार बिहान ८ बजेदेखि राति ९ बजेसम्म जगदम्बा आमा समूह तथा एकीकृत नेकपा माओवादीका महिलानेतृ अनसनमा बसेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by