Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कोरियामा नेपाली पर्यटन प्रवर्धनको सामाग्री पुरानै

डम्बर सुब्बा / एचकेनेपाल डट कम-
कोरियास्थित नेपाली राजदूताबासको आयोजनामा मंगलवार सिओलको सिटीहल छेउ प्रेस सेन्टरको २० औ तल्लामा नेपाल पर्यटन प्रोमोशन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल अ ल्याण्ड अफ कल्चर,नेचरल एण्ड एडभेन्चर नामक नेपाल पर्यटन प्रोमोशन कार्यक्रममा कोरियाका २० वटा भन्दा बढी ट्राभल्स एजेन्सी र केही मिडियाका प्रतिनिधीहरुको सहभागी थिए।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग राजाराम बर्तोलाले नेपालको पर्यटन सम्बन्धी आर्कषक बिषयहरुको जानकारी गराउदै कोरियाली नागरिकहरु प्राकृति सम्पादाको प्रेमी र पहाड हिमाल चढन मन पराउने हुनाले त्यसको उपयुक्त गन्तव्य स्थल भनेको नेपाल हो भन्दै यस बर्ष५० हजार कोरियाली नागरिकहरु नेपाल भ्रमणमा जाने आशावादी रहेको बताए।

उहांले यस बर्ष२०१२ लाई नेपाल सरकारले लुम्बिनी बर्ष घोषणा गरेको हुनाले उपस्थित ट्राभल्स एजेन्सीका प्रतिनिधीहरुलाई लुम्बिनी भम्रणका लागि छुटटे प्याकेज बनाई दिन अनुरोध पनि गर्नुभयो।

कोरिया अलपिन फेडरेसनका अध्यक्ष डा.लि इन जङ्गले भने मैले पनि नेपाल १ सय पल्ट भन्दा बढी आवत जावत गरि सकेको छु। कोरियाका सुप्रसिद्ध पर्वतारोही अमअङ्ग गील तथा पार्क यङ्ग सकले पनि नेपालको लागि विभिन्न सराहनीय कामहरु गर्दे आई रहेका छन्। यस कार्यक्रमले नेपाललाई अझ बढी चिन्ने र नजिक हुने अवसर मिल्ने छ भन्ने विश्वस्त छु, उनले भने।

कार्यक्रममा सहभागी भएका एक ट्राभल्स एजेन्सीका प्रतिनिधीले नेपालको पर्यटन प्रोमोशन कार्यक्रम गर्नु त ठीक हो तर प्रचारप्रसारका सामाग्रीहरु नयां नभई पुरानै वितरण गर्नाले ट्राभल्स एजेन्सीलाई नेपाल भम्रणका नयां प्याकेज बनाउन अप्ठयारो परेको उनले बताए।

उनले नेपालमा शान्ति,विदेशी पर्यटकहरुको जीवन सुरक्षा र यातायात तथा भ्रमण गर्ने स्थलहरुमा स्थानीय बासिन्दा भन्दा दोब्बर भाडा लिने प्रथा जस्ता विषयहरुको सुधार भएमा कोरियन पर्यटकहरु अझ बढी नेपाल भम्रणको लागि प्रोत्साहित गर्न सकिने सुझाव दिएका थिए।

नेपाली राजदूतावासले प्रेस सेन्टरको मंहगो हल रिजर्भ गरेर उपस्थित प्रतिनिधीहरुलाई नेपाल पर्यटन बर्ष२०११ को पुराना प्रचारप्रसारका सामाग्रीहरु वितरण गरी नेपालको पर्यटन क्षेत्रलाई उपहासका पात्र बनाएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by