Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ग्याङ्ग फाइटमा एक नेपालीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २४ सेप्टेम्बर । दुई नेपाली समूहबीच आइतवार राति झडप हुंदा एक नेपाली युवकको मृत्यु भएको छ।

युन लोङको नाम पिन वाईस्थित बास्केट बल कोर्ट नजिक करीव २० देखि ३० जना युवकहरुबीच आइतवार राति करीव पौने १० बजे भएको झडपमा एक नेपाली युवकको मृत्यु भएको यहाँबाट प्रकाशित समाचार पत्रहरुले जनाएका छन्।


झडपपछि घाइते भएका एक नेपाली युवकलाई अस्पताल लगिदै। तस्विर सौजन्यः एप्पल डेली

समाचारमा मृत्युभएका १९ वर्षीय नेपाली युवकको नाम भने खुलाइएको छैन।

राति १० बजेतिर झडप भएको खबर पाएलगत्तै प्रहरीहरु घटनास्थल पुगेका थिए। घाँटी र छातिमा गहिरो चोट लागेर गम्भीररुपले घाइते भएका ती युवकको अस्पताल लगेको एक घण्टापछि मृत्यु भएको जनाइएको छ।

घटनास्थलको अनुसन्धान गर्दै हङकङ प्रहरी।

झडपमा परेर अरु दुई नेपालीसमेत घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनास्थलबाट छुरा, सीसाका बोटल र फलामका छडहरु बरामद गरेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

>>> घटनाबारे थप जानकारी भए तलको कमेण्ट बक्समा शेयर गर्नुहोला।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by