Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राजधानीमा दुई दिने जापानी एजुकेशन फेयर हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ असोज । जापानमा उच्च शिक्षाको अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लक्षित गरेर आगामि असोज १३ र १४ गते काठमाडौमा जलसान दोस्रो जापानी शैक्षिक मेलाको आयोजना हुने भएको छ।

जापान विद्यार्थी पठाउने विद्यालय र कन्सल्टेन्सीहरुको छाता संगठन जापानीज ल्याङग्वेज स्कुल एसोसिएसन अफ नेपालको आयोजना हुन लागेको सो शैक्षिक मेलामा जापानका १७ वटा प्रतिष्ठित क्याम्पस र विश्वविद्यालयका प्रतिनिधिहरु आफै उपस्थित भई विद्यार्थी र अभिभावका जिज्ञासा समाधान गर्ने आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

राजधानीको भृकुटी मण्डपमा आयोजना हुने मेलाको असोज १३ गते विहान साढे नौ बजे उद्घाटन हुने छ त्यसपछि ५ बजेसम्म र भोली पल्ट विहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुने छ।

पहिलो दिन जापानी राष्ट्रिय पोशाकको प्रयोग र कागजबाट विभिन्न बस्तु निर्माण गर्ने प्रर्दशनी पनि गरिने छ भने दोस्रो दिन चपस्टिकको प्रयोग र पेपर आर्टर्सको पर्दशनी गरिने आयोज संस्थाका महासचिव विशाल श्रेष्ठले जानकारी दिए।

शैक्षिक मेलामा जापानको शिक्षा प्रणाली, जापानी जीवन शैली, संस्कृति, अध्ययन पछिको अवसर, डिपेन्डेन्ट भिसा, लागत र कामको विषयमा समेत अभिभावकलाई जापानीहरुले प्रष्ट पार्ने संस्थाका अध्यक्ष सुनिल बज्राचार्यले जानकारी दिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by