Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

म्यानहन्ट इन्टरनेसनल नेपालको अडिसन सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ असोज । म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२ को अडिसन शनिवार सम्पन्न भएको छ। ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गरेको पुरुष सुन्दरता र बौद्धिकता सम्बन्धी नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२’ को अडिसन बज क्याफे बालुवाटारमा सपन्न भएको हो।

प्रसान्त ताम्राकार, कोरियोग्राफर रचना गुरुङ शर्मा, जोसेफ सेबस्तिअन, कोरियोग्राफर रोजिन शाक्य निणार्यक रहेको अडिसनमा ३० जनाले सहभागिता जनाएका थिए।

आउदो असोज १५ सोमबारबाट यस प्रतियोगिताको प्रशिक्षण सुरु हुने आयोजकले जनाएको छ। व्यक्तित्व विकास, प्रस्तुतिकरण, क्याटवाक, आत्माविश्वास अभिवृद्धि आदि कुरामा प्रतियोगीहरुलाई प्रशिक्षण दिइनेछ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आगामी कार्तिक ३ गते सुन्धारास्थित आर्मी अफिसर्स कल्बमा सञ्चालन गर्ने यो प्रतियोगिताको ग्रान्ड फिनालेबाट छनोट हुने एक प्रतियोगीलाई आगामी नोभेम्बर १ देखि नोभेम्बर ११ तारिखसम्म बैंककमा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको १६ औं संस्करणको म्यानहन्ट इन्टरनेसनल २०१२ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी गराइने छ।

म्यानहन्ट इन्टरनेसनल प्रतियोगितामा नेपालबाट प्रथम पटक सन् १९९५ सिङ्गापुरमा प्रसान्त ताम्राकारले नेपालको प्रतिनिधित्व गरेका थिए। सन् २००५ सुह्रिद ज्योतिले सिङ्गापुरमा नेपालको प्रतिनिधित्व गरेका थिए। यसैगरी २००७ मा चन्दन अग्रवाल तथा २००८ मा रिकेश श्रेष्ठले कोरियामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएका थिए। प्रतियोगितामा चन्दनले मिष्टर पर्सनालिटी तथा रिकेशले मिष्टर फ्रेन्डशीपको अवार्ड जितेका थिए। यसैगरी, सन् २०१० मा भने कनिज कोइरालाले भियतनाममा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए। सन् २०११ मा निरजन थापाले कोरियामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए।

म्यानहन्ट प्रतियोगिताको प्रारम्भ सन् १९८७ देखि सिंगापुरबाट भएको थियो भने म्यानहन्ट इन्टरनेसनलकै रुपमा यस प्रतियोगिताको पहिलो संस्करण भने सन् १९९३ मा अष्ट्रेलियाको गोल्ड कोष्टमा आयोजनामा सम्पन्न भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by