Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मिस लिम्बू २०१२ (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ असोज । राजधानीमा शुक्रवार सम्पन्न मिस लिम्बू २०१२ प्रतियोगितामा निलिमा मादेनले शीर्ष उपाधि जितेकी छन्। ताप्लेजुङकी निलिमाले २८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस चार्मिङको उपाधिसमेत जितिन्।

पेशाले फेशन डिजाइनर २३ वर्षीया निलिमाले ताजसहित ५० हजार रुपैयाँ, छात्रवृत्ति र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा ताप्लेजुङकै डा. एलिसा वनेम फस्ट रनरअपसहित मिस वेष्ट हेयर तथा सुनसरीकी एलिना थलङले मिस ट्यालेण्टसहित सेकेण्ड रनरअपको उपाधि जिते।

नेपाल प्रज्ञा प्रतिष्ठानमा याक्थुङ युथ एसोसिएसनले गरेको प्रतियोगितमा प्रमुख निर्णायक महानायक राजेश हमाल, झरना बज्राचार्य, सुरज सुब्बा नाल्बो निर्णायक रहेका थिए।

करीव ३ महिनासम्म पूर्व मिस नेपाल माल्भिका सुब्बा, आलोक नेम्बाङ, कोरियोग्राफर कला सुब्बाले प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए।


तस्विरहरुः आयोजक

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by