Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पहिलो नेपाली ओलम्पियनको अन्त्येष्टि

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ असोज । पहिलो नेपाली ओलम्पियन भूपेन्द्र सिलवालको राष्ट्रिय खेलकुद परिषद् परिसरमा अन्तिम श्रद्धाञ्जलि दिएपछि शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उपचारको क्रममा रहेका सिलवालको ७८ बर्षको उमेरमा बिहीबार राति निधन भएको थियो।

सैनिक अस्पताल छाउनीमा आइतबार टुयमरको शल्यक्रियापछि अचेत भएका सिलवालको शारीरिकमा थप संक्रमण भएपछि निधन भएको चिकित्सकले जनाएका छन्।


लन्डन ओलम्पिक भ्रमणको बेलामा सम्मान ग्रहण गर्दै सिलवाल (तस्वीरमा वायाँ)

प्रथम ओलम्पियनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै सिलवालको आत्माको चिर शान्तिको कामनासहित नेपाल खेलकुद पत्रकार मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवालका एक श्रीमति र एक छोरा छन्।

सिलवालले सन् १९६४ को ओलम्पिकमा पहिलो पटक भाग लिएका थिए। यस्तै सन् १९५८ मा भएको एसियाली खेलकुद प्रतियोगितामा सिलवाल खाली खुट्टा दौडिएका थिए।

सिलवाललाई मञ्चले गत असार २० गते पल्सर स्पोर्टस अवार्ड २०६८ अन्तर्गत लाइभटाइम एचिभमेट अवार्डबाट सम्मनित गरेको थियो।

मञ्चले साउनमा एनआरएन युकेसँगको संयुक्त पहलमा सिलवालको लन्डन ओलम्पिक भ्रमणको व्यवस्था मिलाएको थियो। भदौं पहिलो साता लन्डनबाट फर्केयता सिलवाल उपचारका लागि सैनिक अस्पाल भर्ती भएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by