Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

रद्द भयो पूर्वराजाको म्याग्दी भ्रमण

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ५ असोज । पश्चिमाञ्चलको धार्मिक भ्रमण भन्दै एक हप्ताको लागि पोखरा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको आज हुने भनिएको म्याग्दी भ्रमण रद्द भएको छ।

पूर्वराजाको आज म्याग्दी भ्रमणको कार्यक्रम सार्वजनिक भएपछि स्थानीय राजनीतिक दलहरुले म्याग्दी बन्दको घोषणा गरेका कारण भ्रमण रद्द गरिएको हो। म्याग्दी बन्द भएपछि शाहको पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको हो।

धार्मिक भ्रमणको नाममा राजनैतिक भ्रमण भनेर फालिएको पुरानो राजसंस्थालाई ब्यूँताउने प्रयाश गरेको भन्दै राजनीतिक दलहरुले पूर्वराजाको भ्रमण रोक्न म्याग्दी बन्द गरेको जनाएका छन्।

म्याग्दी बन्द गरिएपछि पूर्व राजा आज दिनभर पोखरामै रहने भएका छन्। उनको म्याग्दीको महादेव मन्दिरको दर्शन गरी एकदिन उतै बस्ने कार्यक्रम थियो।

धार्मिक भ्रमण प्रचार समितिका संयोजक अर्जुन बस्नेतले जोखिम मोलेर म्याग्दी भ्रमण नजाने बताउंदै अन्य जिल्लाको भ्रमण कार्यक्रम भने यथावत रहने बताएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by