Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सगरमाथाको फोहोरबाट मूर्ति बनाइने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ असोज । सगरमाथा र वरिपरिबाट सङ्कलित फोहोरबाट कलात्मक मूर्ति बन्ने भएका छन्। विगतका वर्षहरुमा सगरमाथाबाट सङ्कलित फोहोरलाई सदुपयोग गर्न होटल अन्नपूर्ण र दा माइन्ड ट्रीले संयुक्त रूपमा सो कलात्मक परियोजना सुरु गरेका छन्।

परियोजनको नाम ‘माउन्ट एभरेस्ट ८८४८ आर्ट प्रोजेक्ट’ रहेको छ।

परियोजनासम्बन्धी सम्झौताबारे जानकारी दिन विहीवार आयोजित कार्यक्रममा सगरमाथा आरोही सङ्घ, इको हिमाल तथा विभिन्न आरोहीले सङ्कलन गरेकामध्ये करिब दुई टन फोहोर कलाकारको टोलीलाई बुझाएको छ।

ललितपुरको भैंसेपाटीस्थित शिव सदनमा अबको एक महिनासम्म कलाकारले फोहोरबाट करिब ७५ वटा मूर्ति बनाइनेछ भने ती मूर्तिलाई काठमाडौैँ र पोखरामा प्रदर्शन गरिनेछ।

चित्र कोर्ने कलाकारहरुमा सुदर्शन राना, डा लय मैनाली, सुनिता राना, भूवन थापा, राजु पिथाकोटी, ताराप्रसाद ओझा, लालकाजी लामा, कृष्णबहादुर थिङ्, केशवराज खनाल, राजन काफ्ले, सुशमा शाक्य, अनिता खनाल, देवेन्द्र थुम्केली, सरोज थापा र प्रज्वल शाही छन्।

आरोही सङ्घका अध्यक्ष वाङ्छु शेर्पाले सगरमाथाको सरसफाइ र कलाकारको प्रतिभा प्रदर्शनबाट नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताए।

दा माइन्ड ट्री का निर्देशक प्रज्वल शाहीले सगरमाथा जाने बाटोमा तिनै मूर्तिबाट एक स्तम्भ (स्मारक) पनि बनाउने कार्यक्रम रहेको जानकारी दिए। (रासस)

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by