Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राष्ट्रपतिले नयाँ सरकार आब्हान गनु पर्छः डा महत

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले दुई दिनभित्रमा दलहरुवीच सहमति हुन नसके राष्ट्रपतिले आफै अग्रसरता लिएर एकसाताको समय दिएर सहमतिको सरकार गठनको लागि दलहलाई आब्हान गर्नु पर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार अयोजना गरेको साक्षात्कारमा उनले सहमतिको सरकार बन्न नसके जसको नेतृत्वमा बहुमत देखिन्छ त्यसैको नेतृत्वमा सरकार गठन गरेर राष्ट्रिय सहमतिको स्वरुप धारण गर्न निर्देशन दिनु पर्ने धारणा राखे।

साक्षात्कारमा डा महतले निर्वाचन गर्न नसकेर सर्वाङग नाङगो भईसकेका प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार एक मिनेट पनि बस्न नहुने भन्दै प्रधानमन्त्री स्वयमले मैले निर्वाचन गराउन सकिन, सहमति जुटाउन सकिंन त्यसैले सहमतिको सरकारको लागि राष्ट्रपतिले आब्हान गर्नु पर्यो भनि सिफारिस गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको बताए।

उनले काग्रेसले सरकारको नेतृत्वकालाग मरिहत्ते नगर्ने भए पनि चुनावी सरकारको नेतृत्व काग्रेसले गर्ने विषयमा पहिला धेरै पटक सहमति भईसकेकोले त्यसमा विवाद गर्न नहुने तर्क गरे।

बैशाखभित्रमै नयाँ निर्वाचन गरिसक्नु पर्ने धारणा राख्दै सहमतिमा संबैधानिक गतिरोध अन्त्य गर्न राजनीतिक निर्णय गरेर राष्ट्रपति मार्फत जारी गराएर निर्वाचनमा जानु पर्ने उनले बताए। उनले भने–राष्ट्रपतिबाट जारी भएको आदेश नयाँ जनप्रतिनिधिको सभाले तीस दिनभित्र अनुमोदन गर्ने ब्यवस्था गर्नु पर्छ।

नयाँ निर्वाचित जनप्रतिनिधिको सभाले विघठित संविधानसभाले गरेका काम र सहमतिलाई मान्न नमान्न दुबै सक्ने स्पष्ट पार्दै पुरानो संविधासभाले गरेको निर्णय नयाँ सभाको लागि सन्दर्भ सामग्री बाहेक केही नहुने बताए। मधेसी मोर्चाले विरोध गरेको ११ प्रदेश काग्रेसको प्रस्ताव नभई माओवादीको भएको भन्दै काग्रेस ६ वा ७ प्रदेश हुने संघीयताको पक्षमा रहेको स्पष्ट पारे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by