सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पोखरा, मृगौला पीडित बुद्धिमाया गुरुङ आर्थिक सहयोग अभियानअन्तर्गत सोमवार शिसुवास्थित इन्द्रेणी रेस्टुरेण्टमा पत्रकार सम्मेलन गरी १ लाख २० हजार रूपैयाँ हस्तान्तरण गरिएको छ।
कोरियामा रहेका सुरज गुरुङ र सुमन गुरुङको सक्रियतामा उठेको रकम सुरज गुरूङका बुवाले रकम हस्तान्तरण गर्नु भएको हो। सोही कार्यक्रममा गाउंलेबाट उठेको २० हजार रूपैयासमेत हस्तान्तरण गरिएको छ।
फाइल तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम
सहयोगी सरिता गुरूङले यस अभियानमा साथ दिने सम्पूर्ण सहयोगी दाताहरु,स्वदेश तथा बिदेशमा रहेका फेसबुकका साथीहरु,मिडिया क्षेत्रका सम्पूर्ण पत्रकारहरूप्रति आगामी दिनहरूमा पनि यस्तै सहयोग र प्रेरणा पाउने आशासहित धन्यवाद गर्नुभएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस