Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत (Video+Photo)

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ४ असोज। पश्चिमाञ्चलको साताव्यापि भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजाबादी तथा उनका समर्थकहरुले बाटोबाटोमा भव्य स्वागत गरेका छन्।

काठमाडौंबाट पोखरा आउदै गर्दा उनलाई धादिङमा सडक किनारामा लामबद्ध भएर नारा जुलुस गर्दै पुष्पार्पणसहित स्वागत गरे। उनलाई दमौलीमा समेत भव्य स्वागत गरेका थिए। ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आउं देश बचाउं’ जस्ता नारा लगाएका थिए। लामो समयपछि यसरी न्यानो माया पाएपछि ज्ञानेन्द्र निकै मख्खिएका थिए।

अपरान्ह करीव पौने ५ पोखरा आइपुग्दा मुसुलधारे पानी परेपनि राजावादीहरुले उनको भव्य स्वागत गरेका थिए। ज्ञानेन्द्र पानीमा भिजेरै करीव ३ किमी पोखरा विमानस्थलबाट फिस्टेल लजसम्म हिडरै पुगेका थिए।

एक सातासम्म पश्चिमाञ्चल भ्रमणमा निस्केका ज्ञानेन्द्रले म्याग्दी, पर्वत, स्याङ्जा, तनहूँ र कास्कीका विभिन्न मन्दिरहरुमा दर्शन गर्ने र नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पूर्व राजपरिषद् सदस्य गणेशबहादुर गुरुङले जानकारी दिए।


दमौलीमा, भिडियोः सुमन बन्धु भण्डारीको फेसबुकबाट

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by