माधव बराल /एचकेनेपाल डट कम-
पोखरा, ३ असोज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलनको स्वरुपलाई परिर्वतन गरिएको छ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पोखरा विमानस्थलको निर्माणको लागि नयाँ प्रक्रियामा सहमति जुटाउन एक शाताभित्र नेपाली प्रतिनिधि मण्डल चीन पठाउन दिएको आश्वासनपछि आन्दोलनको स्वपलाई परिर्वतन गरिएको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको बुधबार बसेको बैठकले असोज ४ गतेदेखि प्रत्येक दिन विहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा पोखरा विमानस्थल अगाडी प्रर्दशन गर्ने र रिले अनसनलाई जारी राख्ने निर्णय गरेको मिडिया संयोजक विप्लव पौडेलले जानकारी दिए।
असोज ९ गतेसम्म पनि सरकारले कुनै सुनवाई नगरे फेरी शसक्त आन्दोलनको घोषणा गरिने उनले बताए । सरकारी कार्यालयमा अनिश्चितकालिन कामकाज ठप्प पार्ने कार्यक्रमलाई समितिले फिर्ता लिएको छ।
समितिका संयोजक कृष्णमोहन श्रेष्ठले अहिलेसम्म भएका आन्दोलनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्तै सहयोगको लागि आग्रह समेत गरे। उनले सकारी कार्यालयमा काम नहुदाँ सर्बसाधरणमा परेको असुविधाप्रति क्षमा याचना समेत गरेका छन्। बैठकमा सरोकार समितिका सदस्य आन्नदराज मुल्मीले विमानस्थल निर्माणमा देखिएको जटिलताको बारेमा जानकारी गराएका थिए।
विमानस्थल माग्दै पोखरारेलीले चार दिनदेखि पोखराका सरकारी कार्यालयमा कामकाज ठप्प पारेका थिए । सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान तथा सरकारी कार्यालयमा सरोकार समितिको अगुवाईमा बुधबार पनि धर्ना सहित कामकाज ठप्प पारिएको हो। चार दिनदेखि सरकारी कार्यालयमा कामकाज ठप्प हुदाँ सेवाग्रही मर्कामा परेका छन्। बुधबार मध्यान्ह १२ बजेदखि केही सरकारी कार्यालयमा भने काम भएको थियो।
सरोकार समितिको अगुवाईमा शिक्षा, वन, हुलाक, पोखरा उपमहानगर पालिका, यातायात, साल्ट टे«डिङ, कृषि सामाग्री संस्थान, नेपाल टेलिकम, जिल्ला विकास समिति, मालपोत, आन्तरिक राजश्व कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, विद्युत, लगायतका सरकारी कार्यालयको गेटमा नारावाजी सहित पोखरेलीले धर्ना दिदै अएका थिए।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाव अभियान अन्र्तगत भदौ २८ गते बेलुकादेखि सुरु गरेको रिले अनसन बुधबार पनि जारी छ । बुधबार राति ८ बजेदेखि बिहीबार विहान ८ बजेसम्म संचार व्यवसायी समितिका पदाधिकारी र सदस्यहरु अनसनमा बसेका छन्।
अनसनमा जयन्द्र राजभण्डारी, विनोद ढुङ्गाना, धनञ्जय पौडेल, पवित्राराज तिवारी, प्रेमप्रसाद दाहाल, लक्ष्मण श्रेष्ठ, दलबहादुर कुँवर, दिपेन्द्र आले, विष्णुप्रसाद बराल र विक्रम थापा बसेका छन्।
अनसनमा बुधबार विहान ८ बजेदेखि बेलुका ८ बजेसम्मको लागि नाट्टा क्षेत्रीय संघ, एकता ईलेक्ट्रिसियन, बाँस्तोला पाउरोटी उद्योग लगायतका व्यवसायी बसेका थिए। अनसनमा पशुपति शर्मा, प्रेमप्रसाद सुवेदी, हर्कबहादुर गुरुङ, दिल गौतम, पोमनारायण श्रेष्ठ, ऋषिराम पौडेल, श्रीलाल सुवेदी, शिवप्रसाद बाँस्तोला,विष्णुप्रसाद ढकाल, नवराज लम्साल, भीमबहादुर सुवेदी, रामचन्द्र भुवाई, राजेन्द्र सुवेदी र तिलक राम अर्याल बसेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b