Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चैत्रभित्रै नयाँ निर्वाचनको तयारी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ असोज । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले चैत्र मसान्त भित्र संविधानसभाको निर्वाचन गर्ने गरी सरकारले तयारी गरिरहेको खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले चैत्र मसान्तभित्र निर्वाचन गर्ने भए प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचनमा जान सबैभन्दा उपयुक्त हुने दावी गरे।

साक्षात्कारमा पौडेलले भने–चैत्रमा निर्वाचन गर्ने हो भने प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिमा परिवर्तन गरेर अगाडि बढ्नु पर्छ। सरकार परिवर्तन तिर लाग्यौ भने फेरि पनि निर्वाचन हुन सक्दैन।

उनले काग्रेसमा नेतृत्वको विषयमा अन्र्तद्धन्द्ध भएकोले तत्काल नयाँ नेतृत्व आउन नसक्ने दावी गर्दै अहिलेकै सरकारलाई निरन्तरता दिनु सबै भन्दा उपयुक्त हुने तर्क गरे। संविधानका सबै विवादित विषयमा सहमति जुटेमात्रै काग्रेसको नेतृत्वमा सरकार बन्ने स्पष्ट पार्दै जेठ १४ गतेपछि सबै सहमति भताभुङ भईसकेकोले काग्रेसको नेतृत्वमा माओवादी प्रतिबद्धत नरहेको बताए।

संविधानका विवादित विषयमा सहमति जुट्ने सम्भावना न्यून रहेकोले अब निर्वाचननै एकमात्र विकल्प भएको भन्दै सत्ता परिवर्तनको कुरामात्रै उठाउने हो भने दलहरुवीच सहमति बन्न नसक्ने स्पष्ट पारे।
माओवादीलाई निरर्थक सत्ता कब्जाको आरोप लगाउने गरेको भनि असन्तुष्टि ब्यक्त गर्दै पौडेलले राष्ट्रपतिलाई कु गर्न उक्साउनेहरुले सत्ता कब्जाको आरोप लगाउनु हास्यास्पद भएको टिप्पणीगरे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by