Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विद्यार्थीद्वारा आत्मदाह गर्ने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ असोज । दुवै हात र एक खुट्टा नभएका भौनेली गाविस ८ वैतडीका नन्दराज भट्टले सरकारले पढाई खर्च वा पढाईको लागि जागिरको व्यवस्था नगरे सिंहदरबारको मूल गेट अगाडि आत्मदाह गर्ने चेतावनी दिएका छन्।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले भने– मैले प्रधानमन्त्री, शिक्षा मन्त्रीलगायत सम्बन्धित निकायहरुमा धाई सके कतैबाट मेरो दयानीय अवस्थाको कदर भएन। सरकारले म जस्ता अपाङ्ग जेहेन्दारलाई केही सुविधा दिन सक्तैन भने म बाँच्नु कुनै अर्थ छैन म भोलि विहिबार ११ बजेदेखि सिंहदरबारको मूल गेटमा आमरण अनसनमा बस्छु, माग सम्बोधन गरिएन भने आमरण अनसन मै आत्मदाह गर्छु।

१ फिट १० सेन्टिमिटर उचाई भएका भट्टले आफू लेख्न, पढ्न र कम्प्युटर चलाउन सक्ने भएको भन्दै सरकारले आफूलाई डिग्री पढ्ने व्यवस्था वा सुहाउँदो जागिरको ब्यवस्था गर्नुपर्ने माग गरे।

उनले वैतडीका समाजसेवी महेन्द्र चन्दले दिएको पढाई खर्च र होटल व्यवसायी श्यामसिंह खत्रीले खाने बस्न मिलाई दिएको व्यवस्थाका कारण आफूले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पुरा गरेको र बाँकी पढ्न चाहना पुरा गर्नु सरकारको दायित्व भएको भन्दै पढ्न पाउने आफ्नो अधिकारको राज्यले सम्मान नगरे बाच्नुकोकुनै अर्थ नहुने बताए।


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by