एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ असोज । नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने पन्ध्र बर्ष मुनीका नौ कन्यालाई २०६९ सालको ‘नइ देरुनिखपू पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
पुरस्कृत हुनेहरूमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयमिकतर्फ आर्या पोखरेल रहेका छन्। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन्।
यसैगरी नइ देरूनिखपू कोपिला पुरस्कार गायनमा सुदृष्टि राई र नृत्यमा डेचेन लामालाई प्रदान गर्ने निर्णय भएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन्।
ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ देरूनिखपू चिचिला पुरस्कार अग्रिया सिंहलाई प्रदान गरिने भएको छ। साढे तीन वर्षीय सिंहलाई नृत्यतर्फ यो पुरस्कार प्रदान गरिन लागिएको हो।
पुरस्कार संस्थापक खनूपरुदे ुरामबाबूुको उपस्थितिमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको साधारणसभाले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले प्रेस विज्ञप्तिमार्फत सो जानकारी गराएका हुन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेतीलगायत साधारणसभामा सम्बन्धित विशेषज्ञहरु उपस्थिति थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b