एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ असोज । एकीकृत नेकपा माओवादीको पार्टीभित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक एवम स्थायी समिति सदस्य अमिक शेरचनले आगामी असोज १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारको छानविन गरेर कसले कति भ्रष्टाचार गर्यो भन्ने विषयको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी भईरहेको खुलासा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले असोज ३ गतेसम्म परेका उजुरीको छानविन सकिने जानकारी दिदै त्यसको विष्लेसण गरेर असोज १० गते भित्र सार्वजनिक गर्ने जनकारी दिए। उनले भने–पार्टीभित्र भ्रष्टाचार भएको छ । म आयोगको संयोजक भएको नाताले अहिले सबैकुरा भन्न मिल्दैन। असोज १० गतेभित्र सबै सार्वजनिक हुन्छ।
साक्षात्कारमा शेरचनले जम्मा ६५ वटा उजुरी परेकोमा २० वटा सुझाव मात्रै भएको भन्दै तल्लो र माथिल्लो तहका नेताहरुविरुद्ध बराबरी उजुरी परेको जानकारी दिए। एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष प्रचण्ड भ्रष्टाचारी भएकोले जेल हाल्नु पर्ने भनि दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै उनले भने–माधवजीसँग प्रमाण भए अख्तियारमा उजुरी गरे भईहाल्छ नि। किन बाहिर भनिरहनु।
पार्टी विभाजनपछि सम्पत्ति बाँडफाँडमा उत्पन्न विवादका विषयमा ३० प्रतिशत केन्द्रीय सदस्य रहेकोले त्यतिनै सम्पत्ति दिने प्रस्तावमा छलफल भईरहे पनि कुरा मिल्न नसकेको उल्लेख गर्दै ४० र ६० को अनुपातमा सम्पत्ति बाँडफाँडको विवाद मिल्ने विश्वास ब्यक्त गरे। उनले भने–उहाँहरुको समेत मेहनतमा सम्पत्ति जोडिएको हो त्यसैले उहाँहरुले पनि भाग पाउनु न्यायोचि हुन्छ । उहाँहरुले पाउनै पर्छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b