Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

राज्य पुनर्संरचना आयोगको दुवै प्रतिवेदनमा हङकङका लिम्बुहरु असन्तोष

रविन लिङदेन “आम्भु जेठा”/ एचकेनेपाल डट कम –
हङकङ, संयुक्त लिम्बुवान मोर्चा हङकङले राज्य पुनर्संरचना आयोगबाट लिम्बुवान राज्य प्रस्तावित सिमा सम्वन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ। शनिवार साँझ भएको उक्त कार्यक्रममा राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमाथि हङकङका लिम्बुहरुले असन्तोष प्रकट गरेका हुन्।

 

आदिवासि जनजाती पत्रकार महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले राज्य पुनर्संरचना आयोगको प्रतिवेदनमा राई र लिम्बुहरुको विचमा विभाजन गराउने सडयन्त्र गरेको वताए। उनले लिम्बु र राइ विचमा द्घन्दको सृजना गरि जातिय राज्य समाप्त पार्ने उद्धेश्य लिएको भन्दै घोर भत्सर्ना गरे।

तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष एमवी थोप्राले कार्यक्रममा वोल्दै राज्य पुनर्संरचना हुदाँ सवैलाई समेट्ने वैज्ञानिक ढंगको हुनुपर्ने वताएका छन्। उनले धनकुटालाई लिम्बुवानबाट टाढा बनाएमा आफूहरुले युद्घ गरेको कुनै अर्थ नरहने बताए।

मञ्च सम्बन्ध संघिय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष नवराज काम्बाङले आयोगको प्रतिवेदनले नौ जिल्ला नसमेटेकोले अब सिमा केन्द्रित निर्णायक आन्दोलन हुने बताए। उनले लिम्बुवानको नौ जिल्ल संघर्ष समिति गठन गर्ने बताएका छन्।

एकीकृत नेकपा माओवादी हङकङका पार्टी जिल्ला सचिव जे. वि. ओख्रावुले बहुमतद्घारा पारित प्रतिवेदनले जातिय क्षेत्रिय समस्यालाई सम्बोधन गरेको बताए। उनले राज्य पुनर्संरचना गर्दा, अस्थिरपञ्जर मात्र होइन, बडीसहितको हुनुपर्ने बताए। सचिव ओख्रावुले धनकुटालाई किरातमा पार्नु हुदैन भनेका छन्।

(नेकपा एमाले) नेपाल लोकतान्त्रिक किरात संघ हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फेले आफू पहिला लिम्बु र अनि मात्र नेकपा एमाले भएको बताए। उनले ठूला दलले नै निर्णय गर्ने हुनाले जनजातिहरुले आ–आफ्नै पार्टीमा आन्दोलन गर्नुपर्ने बताए। जनजातिहरुले आफ्नो पार्टीभित्र लडाई गरेमा मात्र पहिचान प्राप्त हुने बताउदै प्रतिवेदनमा सम्बाहाम्फेले रोष प्रकट गरे।

लिरामु उपाध्यक्ष हस्त मास्वाले लिम्बुवानमा पटक पटक धोका भएको बताउदै अब लिम्बुहरु झुक्किनु नहुने वताए। उनले आन्दोलनमा लिम्बुहरु कहिले नहारेको बताए। आफ्नो अस्तित्वलाई बचाउन जस्तो सुकै कदम चाल्न सकिने मास्वाले बताए। अर्का लिम्बुवान मुक्ति मोर्चा हङकङका अध्यक्ष प्रकाश यक्सोले आयोगको दुवै प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ।

संयुक्त लिम्बुवान मोर्चाको संयोजन किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्णराज लावतीले गरेका थिए। कार्यक्रमलाई चुम्लुङका सचिव नन्द चङसुले संचालन गरेका थिए। सो कार्यक्रममा सदस्य लाजेसा आङवोहाङले स्वागत मन्तब्य राखेका थिए। स्वागत मन्तब्यमा वोल्दै राज्य पुनर्संरचना आयोगको प्रतिवेदनले लिम्बुहरुको निन्द्रानै हराएको आङवोहाङले बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by