Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कामकाज ठप्प, रिले अनसन जारी

माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, १ असोज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन चरणवद्ध आन्दोलनमा उत्रिएका पोखरा तथा पश्चिमाञ्चलबासीले आइतबार गण्डकी र धौलागिरीका सरकारी कार्यालय अगाडी धर्ना दिएर कामकाज ठप्प पारे।

गण्डकी, धौलागिरीका सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान तथा सरकारी कार्यालयको काम ठप्प पारे। कास्की बाहेका अन्य जिल्लामा गठन भएको विमानस्थल निर्माण सरोकार समितिको अगुवामा सरकारी कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारेको जानकारी प्राप्त भएको सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले बताए।

विमानस्थल सरोकार समितिको आव्हानमा पोखरेलीहरुले सरकारी कार्यालय अन्तर्गत शिक्षा, वन, हुलाक, पोखरा उपमहानगर पालिका, यातायात, साल्ट टे«डिङ, कृषि सामाग्री संस्थान, नेपाल टेलिकम, जिल्ला विकास समिति, मालपोत, आन्तरिक राजश्व कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, विद्युत, लगायतका सरकारी कार्यालयको गेटमा नारावाजी सहित दिनभर धर्ना दिईएको थियो । धर्नामा सहभागिहरुले विमानस्थल निमार्ण कार्य तत्काल सुरु गर, वहानाबाजीको अन्त्य गर, सरकारी ढिलासुस्ती अन्त्य गर लगायतका नारावाजी लगाएका थिए।

सरकारी कार्यालयमा कामकाज ठप्प पार्नको लागि पूर्वान्ह ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न दिएनन्। कसैले अटेर कार्यालय प्रवेश गर्ने तथा कामकाज संचालनमा ल्याउने प्रयास गरे कार्यालयमा तालाबन्दीसमेत गर्ने चेतावनी दिएको छ। समितिले सर्वसाधारणलाई पनि सरकारी कार्यालयमा नजान अनुरोध गरेको छ भने आन्दोलनबाट पर्ने असहजप्रति सचेत रहन पनि सबैलाई आग्रह गरेको छ। सरकारी कार्यालयमा पनि आइतवार काम विशेषले जाने सर्वसाधरणको संख्या पनि न्युन रहेको थियो।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाव अभियान अन्र्तगत भदौ २८ गते बेलुकादेखि सुरु गरेको रिले अनसन जारी छ।

पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते १५ दिनको समय मागेपनि काम नभएपछि पोखरेली फेरी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by