Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ३० भदौ । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६९ बाट पत्रकार प्रदीप पौडेल पुरस्कृत भएका छन्।

सहारा क्लब पोखराको १४ औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित एक समारोहमा पौडेललाई सम्मान पत्रको साथमा ११ हजार १ सय ११ रुपैयाले पुरस्कृत गरिएको हो। कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति पश्चिम पृतनापति भिक्टजंग राणाले उक्त पुरस्कार वितरण गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन्।


तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

पर्बतको ज्ञादी कटुवाचौपारी ३ का पत्रकार पौडेल एक दशकदेखि पोखरामा रही पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनी ईमेज टेलिभिजन तथा स्थानीय संचार माध्यममा कार्यरत छन्। पोखरालाई कर्मथलो बनाई कम्तिमा ३ वर्ष पत्रकारिता गरी कास्की जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एकजनालाई क्लबले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ।

क्लबले यस वर्ष पुरस्कारको राशिमा बृद्धि गरेको हो। यस अघि उक्त पुरस्कारको राशि ५ हजार ५ सय ५५ रहको थियो। पश्चिम पृतनापति राणाले पोखराको खेलुकद विकासमा सहारा क्लबले खेलेको भूमिका निकै ठूलो भएको प्रंशसा गरे।

पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार नारायण कार्कीले पुरस्कृत ब्यक्तित्व पौडेलको परिचय दिएका थिए। पुरस्कृत ब्यक्तित्व पौडेलले आफ्नो पत्रकारीताको एक दशकको यात्रामा पहिलो पटक सम्मान पुरस्कृत भएकोले खुसिसंगै जिम्मेदारी थपिएको बताए। उक्त पुरस्कारबाट यस अघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ र दिननाथ बराल पुरस्कृति भई सकेका छन्।

यसै बिच क्लबका सदस्य जयन्द्र लालचन उत्कृष्ट सहारा सदस्य घोषित भए। उनलाई सम्मानपत्रको साथमा मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ। कार्यक्रममा क्लब अध्यक्ष बिक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, क्लब उपाध्यक्ष वीरभद्र आचार्य, महासचिव केशवबहादुर थापा लगायतले बोलेका थिए।

उक्त अवसरमा यस बर्षको प्रबेसीका परिक्षामा उत्तीर्ण भएका क्लबका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो।

यसैबीच, सवारी दुर्घटनामा ज्यान गुमाएका यु–१४ फुटबल खेलाडी सागर परियार र रञ्जन थापाका परिवारलाई राहत स्वरुप जनही १०/१० हजार रुपैयाँ प्रदान गरेको छ। उक्त रकम क्लब तथा क्लबका प्रकाश शेरचनको सहयोगबाट प्रदान गरीएको हो।

राखेपका सदस्य खड्गबहकादुर रानाभाट, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत पुरण गिरी र नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङले १०/१० हजार सहयोग प्रदान गरेका हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by