तिलविक्रम थेवे /एचकेनेपाल डट कम(-
दोहा–कतार, नेपाली महिला समाज दोहा कतारले शुक्रवार सानदार तीज कार्यक्रमको आयोजना गर्यो।
कतारमा कार्यरत् नेपाली दिदीबहिनीहरुले समाज गठन गरेपछि वृहत कार्यक्रमको रुपमा पहिलोचोटी यस्तो कार्यक्रमको आयोजना गरेको हो। प्रमुख अतिथी नेपाली राजदूत डा. माया कुमारी शर्माले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
नेपाली गैरआवासिय अन्तराष्ट्रिय समन्वय परिषदका सचिव टिवी कार्की, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रमेश भट्ट, लोकतान्त्रिक मञ्चका केन्द्रिय सदस्य रामहरी गैरे, नेपाली प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष तथा एनआरएनए एनसीसीका सल्लाहकार संयोजक मक्सुद आलम, एनआरएनए एनसीसीका उपाध्यक्ष गुरुनारायण रानाभाट लगायत विशेषअतिथीको रुपमा आमन्त्रित थिए । नेपाली संघसंस्था, समुदाय, व्यवसायी,समाजसेवी, बुद्धिजीवी, साहित्यकार, पत्रकारहरुलाई लगायत आम नेपाली समुदायका पहलकर्मीहरु पनि अतिथीका रुपमा आमन्त्रण गरिएका थिए।
राजदूत डा.शर्माले नेपाली महिला समाजले दोहा कतारमा पहिलोचोटी तीज कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै प्रवासमा नेपाली समुदायले आयोजना, प्रवर्धन तथा अभिवृद्धि गर्ने हरेक नेपाली चाडपर्व, कला संस्कृतिप्रति दुतावासको सधैं शुभेन्छा रहने बताए। आपत्विपत्मा आवश्यक पर्ने सहयोग गर्न दुतावास सधैं तत्पर रहेको र दिदीबहिनीहरुको सुरक्षित आप्रवासको लागि दुतावास सचेत रहने बताएका थिए । दिदीबहिनीहरुलाई तीजको शुभकामना दिदै पूर्ण गृहकार्य सहित व्यवस्थित रुपमा आयोजना गर्दा नेपाली चाडपर्वहरु लगायत यस्ता कार्यक्रमहरु प्रवासमा पनि रोचक र अझ यसको महत्व दर्शिने राजदुत डा. शर्माले जनाएका थिए।
समाजका अध्यक्ष रेखा राईले अन्तिम घडीमा पहिल्यै पक्कापक्की गरिएको कार्यक्रमस्थल स्थगित गरी नयाँ स्थानमा कार्यक्रम गर्नुपरेकोले व्यवस्थापनमा केही कठिनाई र कमीकमजोरीका वावजुत कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्ण नेपाली दिदीबहिनी तथा संघसस्थाका आमन्त्रीत प्रतिनिधीहरु प्रति कृतज्ञता व्यक्त गर्दै तीजको शुभकामना दिएका थिए।
तुरुन्तै कार्यक्रमस्थल परिवर्तन गरी अन्यस्थानमा कार्यक्रम गर्नुपर्दा संघसस्थाका आमन्त्रित प्रतिनिधीहरु लगायत अन्य शुभेच्छुक नेपाली दिदीबहिनी तथा दाजुभाईहरु कार्यक्रमहलमा प्रवेश गर्न नपाएकोमा अध्यक्ष रेखा राईले समाजको तर्फबाट सबैप्रति क्षमायाचना गरेका थिए।
नेपाली महिला दिदीबहिनीहरु तथा शुभेच्छुक नेपाली दाजुभाईहरुको बाक्लो उपस्थितीको कारण हल खचाखच भरीएकोलेसंघसस्थाका आमन्त्रित प्रतिनीधीहरु लगायत अन्य शुभेच्छुकहरु सबैलाई कार्यक्रममा समेट्न नसकिएको देखिन्थ्यो भने हलमा दाजुभाईहरुको अप्रत्याशित भिडभाडको कारण सुरक्षाकर्मीहरुले वाँकी आगन्तुकहरुलाई हलमा छिर्न दिएका थिएनन् । कार्यक्रममा प्रवेश गर्न नपाएर आगन्तुक, दर्शक तथा आमन्त्रितहरु निराश भएर फर्किरहेको अवस्था थियो।
समाजका महासचिव जानुका खड्का कार्यक्रम प्रस्तोता रहेको सो कार्यक्रममा स्वागत मन्तव्य सचिव आमिना खाँनले गरेका थिए भने उपाध्यक्ष रोजिना बास्तोलाले तीजको वारेका सक्षिप्त परिचय दिएका थिए । सो अवसरमा स्वदेश फर्कन लागेका समाजमा सबैका दिदी सुन्दरी बस्नेतलाई समाजमा उनको योगदानको मुल्यांकन गर्दै कदरपत्र सहित विदाई गरिएको थियो । प्रमुख अतिथी राजदुत डा. शर्माले बस्नेतलाई कदरपत्र प्रदान गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b