Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

इमेजको म्यूजिकल टुर

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० भदौ । १४ औं टुवोर्ग इमेज अवार्डको सांगीतिक उत्सवलाई भव्य तथा व्यापक प्रचार प्रसारका लागि नेपालभर म्युजिल टुर गरिने भएको छ।

टुवोर्ग इमेज अवार्डको मनोनयनमा परेका कलाकारहरुलाई लिएर गोरखा ब्रुअरले म्युजिक टुर गर्न लागिएको हो। मनोनयनमा परेका कलाकारहरुलाई दर्शक स्रोतामाझ नेपालका विभिन्न शहरहरुमा साक्षात्कार गराउने उद्धेश्यले म्यूजिकल टुरको कार्यक्रम तयार पारेको आयोजकले जनाएको छ।

टुवोर्ग इमेज अवार्ड म्यूजिकल टुर भदौ ३० गते दमक, पथरी र इटहरीका साथै वीरगञ्जको आदर्शनगर चोक, घण्टाघर र मुरली चोकमा, भदौ ३१ गते महेन्द्रनगरको झलारी र मदन चोकमा, असोज ५ गते सुर्खेतमा, त्यस्तै असोज ६ गते बुटवलको ट्राफिक चोक, चौरदा र पारी बुटवलमा र अन्त्यमा असोज ८ गते पोखराको लामाचौर, चिप्लेढुंगा र पृथ्वीचोकमा कार्यक्रम राखिएको छ।

म्युजिकल टुरमा विभिन्न विधामा मनोनयनमा परेका गायक गायिकाहरु दमकमा रेखा शाह र विश्व नेपाली, वीरगञ्जमा उदेश श्रेष्ठ, बुटवलमा रुपा विष्ट र सरिता शाही, पोखरामा ग्याल्चेन बमजन र विष्णु चेमजोङ त्यस्तै सुर्खेतमा गायिका सिन्धु मल्ल अनि महेन्द्रनगरमा अर्पना श्रेष्ठले दर्शक स्रोताहरुमाझ आ–आफ्नो साङ्गीतिक प्रस्तुतीहरु प्रदर्शन गर्नेछन्।

मेचीदेखि महाकालीसम्मका विभिन्न शहरहरुमा म्युजिकल टुरमार्फत कन्सर्टहरु प्रस्तुत गरी कलाकार र दर्शक स्रोता बीचको साक्षात्कारपछि असोज २० गते काठमाडौँमा १४औँ टुवोर्ग इमेज अवार्ड आयोजना गरिने छ।

नेपाली सङ्गीत फाँटका सिर्जना र प्रतिभाहरुको खोजी, विकास, संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन गर्दै नेपाली मौलिक सङ्गीतमा समर्पित प्रतिभाहरुलाई हौसला प्रदान गर्नको लागि हरेक वर्ष टुबोर्ग र इमेज ग्रुप अफ कम्पनीज्ले टुवोर्ग इमेज अवार्ड आयोजना गर्दै आईरहेका छन्। सङ्गीतमय परम्पराले यस अवार्डलाई नेपाली सङ्गीत आकाशको सबैभन्दा ठूलो अवार्डको रुपमा परिभाषित गरिसकेको छ।

टुवोर्गले टुवोर्ग इमेज अवार्डका अलावा टुवोर्ग दोहोरी प्रतियोगीता, टुवोर्ग कुटुम्ब प्लेइङ फर हेरिटेज, ब्राइन एडम्स कन्सर्ट र अन्तर्राष्ट्रिय संगीत सप्ताह अलाइन्स फ्रेन्काइजसँग सहकार्य गर्दै आईरहेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by