कुमार के.सी. / एचकेनेपाल डट कम-
रिडिंग, १५ सेप्टेम्बर । नेपालमा चितवन जिल्ला घर भइ बिगत चार वर्षदेखि रेडिंग, बेलायतमा अध्ययनरत बीरेन्द्र राज पौडेलको निधन भएको छ।
४४ वर्षीय पौडेलको स्ट्रोक भइ रोयल बर्क्शायर हस्पिटलमा उपचार गर्दागर्दै सेप्टेम्बर ११ तारिख मंगलबार साँझ ६:२० बजे निधन भएको हो।
पौडेलको निधनले बेलायतबासी नेपाली समुदाय र उनका आश्रित परिवारलाई निकै ठूलो क्षति पुगेको छ। उनका श्रीमती अम्बिका कार्की र एक छोरी तथा एक छोरा हाल बेलायतमा नै छन्।
रेडिंग नेपाली समाजका उपाध्यक्ष रमेश बास्तोलाले इमेलमार्फत एक बिज्ञप्ति जारी गर्दै स्वर्गीय बीरेन्द्र राज पौडेलप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोककुल परिवारप्रति हार्दिक समबेदना व्यक्त गरेका छन्।
उपाध्यक्ष बास्तोलाले पौडेलको अन्तेष्टि कार्यक्रममा सहभागी हुनको लागि समेत उक्त इमेलमा अनुरोध गरेका छन्। संस्थाका महासचिब नारद भण्डारीले एउटा नेपाली परिवारमा घटेको दुखद घटनामा उनका परिवारलाई आर्थिक तथा सबै हिसाबले आ-आफ्नो ठाउबाट सहयोग गरिदिनु हुन विभिन्न संघसंस्था तथा बेलायतबासी सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई अनुरोध गरेका छन्।
पारिबारिक स्रोतका अनुसार स्वर्गीय पौडेलको पार्थिब शरीरको अन्त्यष्टी यहि १८ सेप्टेम्बर मंगलवारका दिन दिउसो १२ बजे स्थानीय क्याबर्स्हम क्रेमाटोरियममा गरिने भएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b