Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोखरेली फेरि आन्दोलित

माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, २९ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन पोखरेली फेरि आन्दोलित भएका छन्।

सरकारले १५ दिन भित्र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको मागेको समयमा काम नभएपछि पोखरेली आन्दोलित भएका हुन्। नागरिक दवाव अभियान अन्र्तगत बिहिबारदेखि सुरु भएको रिले अनसन आज पनि जारी छ।

तस्विरः सुदर्शन रञ्जित/ एचकेनेपाल डट कम

अनसनमा बिहान ९ बजेदेखि राति ८ बजेसम्म उद्योगी, व्यवसयाी, खेलकुद लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु अनसनमा बसेका छन्। अनसनमा लक्ष्मीप्रसाद त्रिपाठी, बलभद्र नकर्मी, बाबुराम पन्त, रुद्रलाल श्रेष्ठ, केशव शर्मा, शंकर अधिकारी, सुमिन्द्र श्रेष्ठ, देवीप्रसाद अर्याल, बाबुराम पाठक, दिपक कोईराला, सुमन देवकोटा, रतन गुरुङ, प्रकाश बराल, विद्या मर्सानी, फत्तबहादुर गुरुङ, दीपक गोदार, अस्विनीकुमार अधिकारी र अनिल सिंह अनसनमा बसेका छन्।

बिहीबार राति १० बजेदेखि शुक्रबार विहानसम्म बुद्ध बिशाल बजार व्यापारीक एसोसिएसन, फेन्सी तथा रेडिमेड व्यवसायी संघ, औषधी व्यवसायी संघ र सर्वेश्वर मार्ग व्यापारिक एसोसिएसनका प्रतिनिधिहरु अनसनमा बस्नेछन्। अनसनमा प्रजनकुमार थापा, विष्णुहरी पन्थी, बलराम गौतम, सन्तोष पौडेल, गिरधारी अधिकारी, धर्ममानसिंह भण्डारी यमनाथ पौडेल, विष्णु भण्डारी, रामबहादुर केसी, कृष्ण पाण्डे, टामलाल घिमिरे, बलराम आचार्य, डण्डपाणी सुवेदी, नरहरी अधिकारी र जनआन्दोलनका घाईते शंकरप्रसाद पौडेल अनसनमा बसेका थिए। बिहीबार राति ९ बजेदेखि पहिला स्थगन गरिएको स्थान, समय र सोही समूहबाट नै रिले अनसनलाई निरन्तरता दिईएको हो। अहिलेको अनसन १२÷१२ घण्टाका दरले दुई सिफ्टमा मात्र संचालन हुने समितिले जानकारी दिएको छ।

मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते १५ दिनको समय मागेपछि विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन स्थगित गरिएको थियो। तर, यो अवधिमा सरकारले काम गर्न नसकेपछि समितिले रिले अनसनदेखि गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प पार्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

ऋणदाता चीनको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौता गर्न भनेकोले पनि सो अवधिभित्र नै प्रक्रिया पुरा गराउन दवाव दिन सरोकार समितिले असोज ३ गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेको हो।

समितिले भदौ ३० गते पोखरा विमानस्थलमा धर्ना, भदौ ३१ गतेदेखि गण्डकी र धौलागिरी सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान, एवम सरकारी कार्यालयमा अनिश्चितकालको लागि कामकाज ठप्पपार्ने र ती कार्यालयका सवारी साधानलाई पनि गुड्न नदिने समितिले जानकारी दिएको छ । समितिले सुरक्षा निकाय, अस्पताल, जिल्ला प्रशासन, अदालत, बैंक तथा वित्तिय संस्थाहरुमा भने अवरोध नगर्ने पनि बताएको छ ।

सरकारी कार्यालयमा कामकाज ठप्प पार्नको लागि साढे ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न नदिने र यदी कसैले अटेर गरेमा कार्यलयमा तालाबन्दी समेत गर्ने चेतावनी समेत समितिले दिएको छ। समितिले सर्वसाधारणलाई पनि सरकारी कार्यालयमा नजान अनुरोध समेत गरेको छ भने आन्दोलनबाट पर्ने असहजप्रति सचेत रहन पनि सबैलाई आग्रह गरेको छ। २०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको भएपनि अहिलेसम्म नबनेपछि पोखरेली आन्दोलित भएका हुन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by