एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले शुक्रवार आधा दिने नेपाल बन्द गरेको छ।
बाल दिवस र तीज कार्यक्रमहरूलाई ध्यान दिएर आधा दिनमात्र नेपाल बन्द गरेको सो पार्टीले जनाएको छ। बन्दका कारण बिहानैदेखि सर्वसाधारण जनताको जनजीवन प्रभावित बनेको छ।
बन्दका कारण लामा र छोटा दूरीका सवारी साधानहरू चलेका छैनन् भने पसलहरू बन्द छन्। माओवादी प्रवक्ता पम्फा भूसालले मध्यान्ह १२ बजेसम्ममात्र नेपाल बन्द हुने जनाएकी छन्।
माउ पार्टी एकीकृत नेकपा माओवादीबाट फुटेर बनेको नेकपा-माओवादीले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धिको विरोध गर्दै आधा दिने नेपाल बन्द गराएको हो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b