माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, २८ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पूरा गरी काम थाल्नको लागि सरकारले मागेको समयसीमा सकिन १ दिन बाँकी रहदाँ सरोकार समितिले स्थागित आन्दोलनलाइ बिहिबारदेखि सुरु गरेको छ।
भदौ २८ अर्थात विहीवारसम्म सम्पूर्ण प्रक्रिया पुरा गरी नयाँ सम्झौता गर्र्ने कुनै गुञ्जायस नभएको भन्दै सरोकार समितिले रिले अनसनदेखि गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प पार्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
तस्विर आफैं बोल्छ । तस्विरः उमेश पुन / एचकेनेपाल डट कम
ऋणदाता चिनको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौत गर्न भनेकोले पनि सो अवधी भित्र नै प्रक्रिया पुरा गराउन दवाव दिन सरोकार समितिले असोज ३ गतेसम्म आन्दोलनका कार्यक्रम तय गरेको छ । भदौ २८ गेत राती ९ बजेदेखि पहिला स्थगन गरिएको स्थान, समय र सोही समूहबाट नै रिले अनसनलाई निरन्तरता दिइनेभएको छ। बिहीबार राती ९ बजेदेखि १० बजेसम्म बैंक तथा वित्तिय संस्थाका संचालक अनसनमा बस्ने कार्यसम्पादन समितिका सदस्य सचिव संजीवबहादुर कोईरालाले जानकारी दिए।
उनका अनुसार राती १० बजेदेखि शुक्रबार विहानसम्म बुद्ध बिशाल बजार व्यापारीक एसोसिएसन, फेन्सी तथा रेडिमेड व्इवसायी संघ, औषधी व्यवसायी संघ र सर्वेश्वर मार्ग व्यापारिक एसोसिएसनका प्रतिनिधिहरु अनसनमा बस्नेछन् ।अनसनमा प्रजनकुमार थापा, विष्णुहरी पन्थी, बलराम गौतम, सन्तोष पौडेल, गिरधारी अधिकारी, धर्ममानसिंह भण्डारी यमनाथ पौडेल, विष्णु भण्डारी, रामबहादुर केसी, कृष्ण पाण्डे, यमलाल घिमिरे, बलराम आचार्य र डण्डपाणी सुवेदी अनसनमा बस्ने छन्। अहिलेको अनसन दुई सिफ्टमा मात्र संचालन हुने समितिले जानकारी दिएको छ।
समितिले भदौ ३० गते पोखरा विमानस्थलमा धर्ना दिने र माग सुनवाई नभए भदौ ३१ गतेदेखि गण्डकी र धौलागिरी सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान, एवम सरकारी कार्यालयमा अनिश्चितकालको लागि कामकाज ठप्पपार्ने र ती कार्यालयका सवारी साधानलाई पनि गुड्न नदिने समितिले जानकारी दिएको छ। समितिले सुरक्षा निकाय, अस्पताल, जिल्ला प्रशासन, अदालत, बैंक तथा वित्तिय संस्थाहरुमा भने अवरोध नगर्ने पनि बताएको छ।
सरकारी कार्यालयमा काम काज ठप्प पार्नको लागि साढे ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न नदिने र यदी कसैले अटेर गरेमा कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी समेत समितिले दिएको छ। समितिले सर्वसाधारणलाई पनि सरकारी कार्यालयमा नजान अनुरोध समेत गरेको छ भने आन्दोलनबाट पर्ने असहजप्रति सचेत रहन पनि सबैलाई आग्रह गरेको छ। यसअघि पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते १५ दिनको समय मागेपछि विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन स्थगित गरिएको थियो।
२०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको भएपनि अहिलेसम्म नबनेपछि पोखरेली आन्दोलित भएका हुन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b