एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २७ भाद्र। लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टीवनसको हत्या भएको छ। उनीसहित अरु तीन जना कर्मचारीको हत्या भएको अमेरिकाले पुष्ठि गरेको छ।
अमेरिकामा बनेको ‘इनोसेन्स अफ मुस्लिम’ नामक फिल्ममा मुस्लिम धर्मगुरु मोहम्मदको अपमान गरेको भन्दै भड्केको हिंसापछि लिबियाको बेनगाजीस्थित अमेरिकी बाणिज्यदूत तारो बनेको थियो।
प्रदर्शनकारीहरुले दूतावासमाथि गोलाबारुद गरेपछि सुरक्षित गन्तव्यतर्फ कारमा जाने क्रममाा रकेट आक्रमणमा परि राजदूत स्टीवनसंगै अरु तीन कर्मचारीको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन्।
घटनापछि अमेरिकी राष्ट्रपति बराक ओबामाले कडा शव्दमा घटनाको निन्दा गरेका छन्।
Video: US ambassador killed in Libya consulate attack
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b