एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ भदौ । बुधवार विहान निधन भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।
पशुपति आर्यघाटमा सिंहको अन्तिम संस्कार भइरहंदा नेपाली सेनाले १३ तोपको सलामी दिइएको थियो।
यसअघि, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरुले सिंहप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
गणतन्त्रवादी नेता सिंहको निधन
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ भदौ । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको बुधवार विहान ६ बजे शिक्षण अस्पतालमा निधन भएको छ।
मृगौला र हाड तथा नसासम्बन्धी रोगबाट पीडित ७७ वर्षीय सिंहको उपचारको क्रममा निधन भएको हो।
पहिलो राष्ट्रपति चुनावमा माओवादीतर्फबाट उम्मेदवारसमेत रहेका सिंहको स्वास्थ्यमा खराबी आएपछि भदौ १७ गते शिक्षण अस्पतालको भर्ना गरिएको थियो।
सिंहको निधनको खबर पाएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शिक्षण अस्पताल पुगेका थिए।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले सरकारले सिंहको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने तयारी गरिरहेको जनाएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b