Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पत्रकार चालिसेलाई पत्रकार महासंघ जापानद्वारा आर्थिक सहयोग

तिलक मल्ल/ एचकेनेपाल डट कम-
काठमाडौं, मृगौला रोगी पत्रकार रमेश चालिसेको जीवन बचाउ अभियानलाई सघाउन नेपाल पत्रकार महासंघ जापान शाखाले सोमवार राजधानीमा आयोजित एक समारोहबीच ५१ हजार १ सय रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रले शुरु गरेको पत्रकार रमेश चालिसे बचाउं अभियानलाई सहयोग गर्न जापान शाखाले जापानमा आर्थिक सहयोग संकलन गरेको थियो।

संकलित रकम ५१ हजार १ सय रुपैंया आजै महासंघको सञ्चारग्रामस्थित केन्द्रिय कार्यालयमा आयोजित बिशेष समारोहमा केन्द्रिय अध्यक्ष शिव गाउँलेलाई जापान शाखाका सल्लाहकार भूषण घिमिरेले हस्तान्तरण गर्नुभएको हो।

दुवै मृगौला काम नलाग्ने भई मृत्युसंग संघर्ष गरिरहनुभएका श्रमजीवी पत्रकार चालिसेको जीवन बचाउन महासंघद्वारा शुरु गरिएको अभियानलाई जापान शाखाले पनि साथ दिदैं आर्थिक सहयोग संकलन कार्यक्रम शुरु गरेको थियो। जसअनुसार जापानमा रहेका पत्रकार तथा अन्य सहयोगीहरुले गरेको स्वेच्छिक आर्थिक सहयोगबाट संकलित रकम हस्तान्तरण गरिएको हो।

नेपाल पत्रकार महासंघको सिंगो केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको सञ्चारग्रामस्थित केन्द्रिय कार्यालयमा आयोजित एक समारोहकाबिच उक्त रकम हस्तान्तरण गरिएको थियो। पत्रकार चालिसेको जीवन बचाउने महासंघको अभियानमा जापानलगायत अन्य बैदेशिक शाखाहरुबाट प्राप्त सहयोगका लागि अध्यक्ष शिव गाउँलेले धन्यबाद ब्यक्त गर्नुभयो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by