Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सहमति विथोल्न अध्यादेश

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ भदौ । प्रतिपक्षी दलहरु नेपाली काग्रेस, नेकपा एमाले र नेकपा–माओवादीका प्रभावशाली नेताहरुले सरकारले सहमतिको बातावरण भाडेर एकलौटी शासन गर्न द्धन्द्ध बढाउने गरी बाधाअडकाउ फुकाउने अध्यादेश ल्याएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले राष्ट्रपतिले पटक पटक सहमतिमा बजेट ल्याउन सुझाव दिएको अवस्थामा सरकारले एक पछि अर्को अध्यादेश ल्याउनु सहमतिको बातावरण विगारेर एकलौटी शासन गर्न खोज्ने नियत मात्र भएको आरोप लगाए।

साक्षात्कारमा उनले प्रधानमन्त्री नियतवस सहमति विथोल्न लागेकोले अब भदौ पछि सरकारसँग वार्ता नहुने स्पष्ट पारे। उनले भने–भदौ पछि बार्ता हुँदै असोज १९ गतेबाट एमालेले आन्दोलनको घोषणा गरिसकेको छ । अब सडकबाट छिनोफानो हुन्छ।

राष्ट्रपतिले जेठ १६ गते नै अहिलेको सरकारलाई कामचलाउ भनिसकेको अवस्थामा सरकार त्यस विरुद्ध चलिरहेको दावी गर्दै राष्ट्राध्यक्ष विरुद्ध टक्कर लिनु आफ्नो कमि कमजोरी लुकाउन खोज्नु बाहेक केही नभएको पोख्रेलले तर्क गरे।

संसद भएको अवस्थामा दलहरुको सहमतिमा बाधाअडकाउन फुकाउ हुन सक्ने भन्दै उनले संसद नभएको अवस्थामा सरकारले एकलौटी अध्यादेश ल्याउनु सह्य हुनै नसक्ने भएकोले यसलाई राष्ट्रपतिले अस्विकार गरिदिने चेतावनी दिए।

प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारको आयु जति लम्बिन्छ त्यती संविधानको हत्या हुँदै जाने भन्दै उनले राष्ट्रपतिले संविधान बचाउन तत्काल भुमिका खेल्नु पर्ने बताए । उनले भने– राष्ट्रपतिले भूमिका खेल्न ढिला भईसक्यो।

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकाशसरण महतले सरकारको सबैसंयन्त्रमा आफ्नो कब्जा जमाउन प्रधानमन्त्रीले बाधा अडकाउ फुकाउने अध्यादेश ल्याएको दावी गर्दै अध्यादेश मार्फत, सेना, प्रहरी, अदातल सहितका संबैधानिक निकायमा कब्जा जमाउने योजनमा माओवादी लागेको आरोप लगाए।

अब सरकार विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको भन्दै महतले काग्रेसको जारी केन्द्रीय समितिको बैठकले केही दिनमै अल्टिमेटम सहित आन्दोलनको घोषणा गर्ने घोषणा गरे। उनले भने– लोकतन्त्र बचाउन अब आन्दोलनमा जानुको विकाल्प छैन।

माओवादीले भने जस्तो काग्रेसले उमेदवारी नदिएर सरकार नछाडेको भई उनीहरुको सत्ता कब्जा गर्ने योजना भएको भन्दै माओवादी संविधानका विवादित विषय टुङग्याउन समेत सहमत नरहेको खुलासा गरे।

संबैधानिक निकायमा माओवादी भर्ना गर्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई जिस्क्याईरहेको भन्दै उनले माओवादी अन्तरिम संविधान ध्वस्त पारेर माओवादी सत्ता कब्जातर्फ उन्मुख भएको दावी गरे।

नेकपा–माओवादी सचिव देबगुरुङले सरकारले बाधा अडकाउ फुकाउन अध्यादेश ल्याउनु संविघान उल्लघनको पराकाष्ठा भएको भन्दै राष्ट्रपतिले स्विकार गर्न नहुने सुझाव दिए।

उनले हैसियत विनाको सरकारले अध्यादेश ल्याउनु निरकुंशता तर्फको यात्राको प्रारम्भ भएको भन्दै राष्ट्रपतिले केही विद्येयक स्विकार गरेर गल्ती गरेको बताए । उनले भने– कामचलाउ सरकारले निर्वाचनमा जान गरी सिफारिसलाई स्विकार गरेर राष्ट्रपतिले गल्ती गरे। सहमति विना मुलुकले निकास पाउन नसक्ने ठोकुवा गर्दै गुरुङले अहिले सरकारले मुलुकलाई द्धन्द्धमा लैजाने प्रयास गरेको बताए।

शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले राष्ट्रपतिले सरकारले पेश गरेको अध्यादेश अस्विकृत गरे द्धन्द्ध बढ्ने चेतावनी दिए । उनले भने–त्यसो भए क्रमस लडाई तिखो हुँदै जान्छ ।
राजनीति नै सत्ता प्राप्तीकोलागी भएकोले कसैले सत्ता माग्दैमा छाड्नु पर्ने बाध्यता नरहेको सुनाउँदै सरकारबाट सत्ता ढाल्छु भन्ने धम्कि नयाँ नभएको बताए।

अहिले सरकारले अध्यादेश जारी गर्न नसकेको र निर्वाचन पनि गर्न नसकेको अवस्थामा प्रतिपक्षहरुले नै सरकार चलाईरहेको आभाष भएको भन्दै उनले त्यसैको प्रतिवादकोलागी मोर्चाबन्दी गरेको दावी गरे।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by