एचकेनेपाल डट कम संवाददाता-
कालिकोट, २६ भाद्र । कालिकोटको मान्म नजिकैको बिर्तामोडमा सोमवार राति यात्रुवाहक बस दुर्घटना हुंदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
दुर्घटनास्थलबाट ३० जनाको शव फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा बसचालक भीमदत्त कुँवरवाहेक अरू मृतकहरूको सनाखत हुन सकेको छैन।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूमध्ये केही गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ। प्रहरीका अनुसार ना ४ ख ६४७७ नम्बरको बस कर्नाली नदीबाट ६ सय मिटर तल तिला नदी किनारमा खसेको हो। बस मान्मबाट जुम्लाका लागि छुटेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b