एचकेनेपाल डट कम संवाददाता-
चितवन, २५ भाद्र। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वागतमा चितवनका नीजि तथा सामुदायिक बिद्यालयहरू बन्द गरिएका छन्।
अध्यक्ष प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अधिबेशनको अवसरमा प्रचण्ड आउने भएपछि उनको सम्मान तथा स्वागतमा ती बिद्यालयहरू बन्द गरिएका हुन्।
तर, एमाओवादीको दबावमा वाध्य भएर बिद्यालय बन्द गर्नु परेको बिद्यालय प्रशासनले जनाएको छ। यसअघि, बिद्यालय बन्द गराउन एमाओवादी निकट शिक्षक संगठनले एमाले तथा कांग्रेस निकट शैक्षिक संघ तथा संगठन वार्तासमेत गरेको थियो।
बिद्यालय बन्द नगराउन बिद्यार्थी संगठनहरूले गरेको अनुरोध वेवास्ता गर्दै एमाओवादी निकट शिक्षक संगठनले बिद्यालय बन्द गरेको हो।
एकाएक बिद्यालयहरू बन्द गराइएपछि जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले आश्चर्य व्यक्त गरेका छन्। उनले सार्वजनिक विदाको घोषणा गर्नु आफ्नो अधिकारको कार्यक्षेत्र भन्दा बाहिर रहेको उल्लेख गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b