Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विधान परिषदको नतिजा सार्वजनिकः नेपाली उम्मेदवार पराजित

न्युज अपडेटः विधान परिषदको नतिजा सार्वजनिकः नेपाली उम्मेदवार पराजित
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १० सेप्टेम्बर । हङकङ विधान परिषद २०१२ को आइतवार राति सम्पन्न भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार संस्थापन(बेइजिङ)पक्षधरले १७ र प्रजातान्त्रिक पक्षधरले १८ सिट जितेका छन्।

नेपाली उम्मेदवार चेतन (राजु) गुरूङको समूह पराजित भएको छ। युङ लङ न्यू टेरिटोरीज वेष्टबाट उठेका ३४ वर्षीय गुरुङ चान क्युङको नेतृत्वमा रहेको समूह’थर्ड फोर्स’बाट उम्मेदवार बनेका थिए।

उनको समूहले १६७६७ मत प्राप्त गरेको छ भने युङ लङ न्यू टेरिटोरीज वेष्टबाट सबैभन्दा बढी मत क्वोक का कीको समूहले सर्वाधिक ७२१८५ मत प्राप्त गरेको छ। त्यसै गरी, स्वतन्त्र उम्मेदवार माक इप सिंले सबभन्दा कम मत २८९६ मत प्राप्त गरेका छन्।

निर्वाचनको विस्तृत परिणामको लागि यहाँ क्लिक गर्नुहोस्।

हङकङमा विधान परिषदको चुनाव
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ९ सेप्टेम्बर । हङकङको नयाँ विधान परिषदमा आइतवार कुल ७० सिटमध्ये ३५ सिटको लागि प्रत्यक्ष मतदान भएको छ भने बाँकी पेसागत तर्फबाट मनोनित हुनेछन्।

यस पटक करीव १८ लाख ३ हजार (५५ प्रतिशत) मत खसेको निर्वाचन आयोगले जनाएको छ। सन् २००८ मा सम्पन्न विधान परिषदको तुलनामा यस पटक मतदान गर्ने मतदाताहरुको सहभागितामा बृद्धि भएको जनाएको छ।

विधान परिषदको निर्वाचनमा एकमात्र नेपाली ३४ वर्षीय चेतन (राजु) गुरुङ युङ लङ न्यू टेरिटोरीज वेष्टबाट उम्मेदवार बनेका छन्। उनी चान युङको नेतृत्वमा रहेको समूह’थर्ड फोर्स’बाट उम्मेदवार बनेका हुन्।

निर्वाचनको परिणाम थाहा पाउन भोलि सोमबारसम्म कुर्नु पर्ने हुन्छ।


मतदान केन्द्रको निरीक्षण गर्दै निर्वाचन आयोगका अध्यक्ष न्यायधीश बरनबास फंग (त. बायाँबाट पहिलो) लगायत अधिकारीहरु। तस्विर सौजन्यः निर्वाचन आयोग

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by