सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, मिस ग्लोबल व्युटि क्वीन २०१२ को काठमाडौको अडिसन सम्पन्न भएको छ।
मिस ग्लोवल व्युटि क्वीन २०११ विजेता इभिता ताम्राकार, कोरीयोग्राफर रोजिन शाक्य, इभेन्ट म्यानेजर तथा सिनियर कोरीयोगा्रफर अनूप सक्सेना, व्युटिसियन आरजु वैध,र स्टाइलिस अस्मिता भण्डारी निर्णायक रहेको सो अडिसनमा ६५ जनाले सहभागीता जनाएका थिए।
काठमाडौमा असोजको अन्तिम साता सम्पन्न हुन गइरहेको यस प्रतियोगितालाई टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार प्रसारण गरिने छ।
ग्रुुप अफ इभेन्ट इन्टरटेनरको विशेष सहकार्यमा इ एस क्रिएशनको आयोजनामा २०१० बाट शुरु भएको यस प्रतियोगिताका विजेता सेलिना मोक्तानले कोरियामा सम्पन्न मिस ग्लोबल व्युटि क्वीनमा सहभागिता जनाइ सकेका छन्। कोरियामा भएको सो प्रतियोगीतामा ६६ विभिन्न देशका प्रतियोगिहरुले भाग लिएका थिए भने सेलिना मोक्तान ट्यालेन्ट राउण्डको अन्तिम प्रतिस्पर्धासम्म आफूलाई उभ्याएकी थिइन् भने २०११ कि विजेता इभिता तामा्रकार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जाने तयारीमा छन्।
ग्रुप अफ इभेन्ट इन्टरटेनरको विशेष सहयोग इ एस क्रियशनको आयोजनामा सम्पन्न हुन गईरहेको यस प्रतियोगीताका विजेताले पूर्ण छात्रवृत्ति, स्कुटि तथा नगद साथै मिस ग्लोबल व्युटि क्वीनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाउने छन्।
देश भरिका ५ स्थानहरुमा अडिसन गर्न गइरहेको यस प्रतियोगिताको इटहरी, चितवनमा अडिसन सम्पन्न भइसकेको छ भने पोखरा, बनेपाको अडिसन बाकि रहको छ। टेलिभिजनबाट पहिलो पटक रियालिटी सो को रुपमा प्रसारण गर्न लागिएको यस प्रतियोगितालाई १३ भागमा सम्पन्न गरिने छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b